बाढीका कारण पेसा र रोजगारी गुमाएका मानिसलाई राज्यले कस्तो अवसर र सहुलियत देला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीका कारण पेसा र रोजगारी गुमाएका मानिसलाई राज्यले कस्तो अवसर र सहुलियत देला
Published

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीले धनजनको ठूलो क्षति भयो।

उक्त विपद्‌का कारण धेरै उद्योग, व्यापार र व्यवसाय पनि प्रभावित हुँदा हजारौँ मानिसको रोजगारी र व्यवसाय अन्योलमा परेको छ।

बाढीका कारण पेसा र रोजगारी गुमाएका नागरिकहरूलाई राज्यले केकस्ता क्षेत्रमा रोजगारी वा सहुलियत दिन सक्छ त?

यो प्रश्न 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्ललाई सोधेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।