विपद्पछि अटिजम भएका बालबालिकाको हेरचाह कति कठिन, कसरी सहज बनाउन सकिन्छ
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो सङ्ख्यामा बालबालिकहरू प्रभावित भए।
उनीहरूको सामान्य दिनचर्यादेखि लिएर पढाइलेखाइ पनि खलबलियो।
पहिलेदेखि नै 'अटिजम'जस्ता अवस्था बेहोरिरहेका बालबालिकालाई यो विपद्ले झन् धेरै प्रभाव पारेको छ।
उनीहरूको विशिष्ट चुनौतीबारे बुझ्न 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले बाढीप्रभावित क्षेत्रमा रहेका र अटिजम भएका एक बालककी आमासँग अनि विपद्को बेला उनीजस्ता बालबालिकाको हेरचाह र सुरक्षा कसरी गर्ने भन्ने विषयमा अटिजम केयर नेपाल सोसाइटी'की अध्यक्ष डा सुनिता मलेकु आमात्यसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।