भूकम्प नाप्ने यन्त्रबाटै बाढी र पहिरोको पूर्वचेतावनी कति सम्भव
आकस्मिक रूपमा उत्पन्न हुने प्राकृतिक विपद्मा धनजन जोगाउन पूर्वचेतावनी प्रणालीको ठूलो भूमिका हुन्छ। के हुन लागेको छ भन्ने कुरा बेलैमा थाहा हुन सके क्षति न्यूनीकरण हुन सक्ने ठानिन्छ।
नेपालको भूकम्प मापन केन्द्रमा रेकर्ड भएका तरङ्गका आधारमा हिमाली क्षेत्रमा जान सक्ने बाढी र पहिरोजस्ता ठूला विपद्को पूर्वानुमान गर्न सकिने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्।
यो अध्ययनको नेतृत्व गरेका खानी तथा भूगर्भ विभागका भूकम्पविद् लोकविजय अधिकारीसँग 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले त्यस्तो पूर्वानुमान कसरी गर्न सकिन्छ, त्यसका लागि कस्तो प्रणाली विकास गर्नुपर्छ र त्यसले कसरी ठूलो धनजनको क्षति हुनबाट जोगाउन सक्छ भन्ने विषयमा कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।