विपद्‌मा सहारा गुमाएका ज्येष्ठ नागरिकहरू अस्थायी शिविरमा, हेरचाह कसरी हुँदै छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
विपद्‌मा सहारा गुमाएका ज्येष्ठ नागरिकहरू अस्थायी शिविरमा, हेरचाह कसरी हुँदै छ
Published

गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले हजारौँ मानिस प्रभावित भए। तीमध्ये ज्येष्ठ नागरिकहरू पनि छन्।

बुढ्यौलीमा कसैले सहारा गुमाए त कसैले श्रीसम्पत्ति। उनीहरूलाई अब कसले हेरिदेला भन्ने चिन्ताले सताएको छ।

बाढीले घरपरिवार, आफन्तजन बगाएपछि सरकारले बनाएको अस्थायी शिविरमा बसोबास गरिरहेका तीनजना ज्येष्ठ नागरिकसँग हामीले उनीहरूका आवश्यकता र समस्याबारे कुराकारी गरेका छौँ।

त्यसपछि त्यस्ता ज्येष्ठ नागरिकहरूको हेरचाह कसरी भइरहेको छ भन्ने जान्न 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले , बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको ज्येष्ठ नागरिक संरक्षण शाखाकी प्रमुख एवं महिला विकास अधिकृत निर्मला कार्कीसँग कुराकानी गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।