बाढीले पुरेका र थिलथिलो पारेका घर सफा गर्दा कस्तो सावधानी चाहिन्छ
भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले भत्काएका तथा पुरेका घरहरू सफा गर्न अहिले स्थानीय बासिन्दाहरू आफैँ जुटेका छन्।
बाढीले घरलाई हल्लाएर थिलथिलो बनाएको तथा घरभित्र लेदो भरिएकाले त्यस्ता घरभित्र छिर्नु निकै जोखिमपूर्ण हुन्छ। उक्त घटनामा क्षति पुगेका घरहरू सफा गर्दा विभिन्न सावधानी अपनाउनुपर्ने विज्ञहरूले औँल्याउने गरेका छन्।
त्यस्ता जोखिमपूर्ण घर सफा गर्न सरकारले के कस्तो सहयोग गरेको छ र स्थानीयले कस्तो सावधानी अपनाउनुपर्छ त? यस विषयमा बुझ्न 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले रसुवा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पाण्डेसँग कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।