विपद्‌बाट प्रभावित क्षेत्रमा स्वास्थ्यसेवा र अत्यावश्यक औषधि चाहिए के गर्ने

भिडिओ क्याप्शन सुरु हुँदैछ,
विपद्‌बाट प्रभावित क्षेत्रमा स्वास्थ्यसेवा र अत्यावश्यक औषधि चाहिए के गर्ने
Published

भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको अढाई महिना बितिसक्दा पनि विस्थापित भएका मानिसहरूको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन। अझै कैयौँ मानिसहरू प्रभावित स्थानमा वा नजिकै अस्थायी प्रबन्ध गरेर बसोबास गर्दै आएका छन्।

आधारभूत व्यवस्थापनमै ढिलाइ हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरू स्वास्थ्य र शिक्षासहितका सेवाका लागि अझै राज्यकै मुख ताक्न बाध्य छन्।

यस्तो अवस्थामा केही मानिसले बेलाबखतमा अत्यावश्यक औषधिकै अभाव हुने गरेको गुनासो गर्न थालेका छन्। बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई नियमित स्वास्थ्य सेवा कसरी पुर्‍याइएको छ अनि औषधिको अभाव भए उनीहरूले के गर्नुपर्छ?

यस विषयमा 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीसँग कुराकानी गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।