विपद्‌बाट प्रभावित मानिसलाई चाडपर्वका बेला कालोबजारी र महँगीबाट जोगाउने प्रयास

भिडिओ क्याप्शन सुरु हुँदैछ, विपद्पछि कालोबजारीको जोखिम
विपद्‌बाट प्रभावित मानिसलाई चाडपर्वका बेला कालोबजारी र महँगीबाट जोगाउने प्रयास
Published

विपद्पछि निम्तिने अभावको समयमा कालोबजारी तथा अनावश्यक मूल्यवृद्धि हुन सक्ने जोखिम रहन्छ।

बजारमा आपूर्ति प्रणाली बिग्रिएको बेला सामान अभाव हुने भएकाले प्रभावित व्यक्तिले जतिसुकै मूल्य तिर्नुपर्ने वा अभाव खेप्नुपर्ने बाध्यता आउन सक्छ।

अहिले चाडवाडको बेला हो। यस्तो अवस्थामा बाढीबाट प्रभावित क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको कालोबजारी र मूल्यवृद्धि हुन नदिन स्थानीय प्रशासन के गर्दै छ?

यस विषयमा 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँसँग गरेको कुराकानी।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।