महिला, निरक्षर मानिस र ज्येष्ठ नागरिकसम्म कसरी पुग्छ पूर्वसूचना
प्राकृतिक प्रकोपसहित ठूला विपद् आइपर्दा सम्बन्धित पूर्वसूचना तथा राहत वितरणजस्ता विषयमा थुप्रै सूचनाहरू प्रवाहित भइरहेका हुन्छन्।
समयमै ती सूचनासम्मको पहुँच निकै महत्त्वपूर्ण हुने गर्छ। सही सूचनाले प्रभावित स्थानमा भएका मानिसहरूको ज्यान जोगाउन अनि पीडितहरूको व्यवस्थापनमा धेरै ठूलो भूमिका खेल्छ। त्यसका लागि सूचना सही तरिकाले सम्बन्धित मानिसहरूसम्म पुग्नुपर्छ।
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा विनाशकारी बाढी आएपछि प्रभावित क्षेत्रमा खास गरी महिला र ज्येष्ठ नागरिकहरूसम्म सूचना कत्तिको पुगेको छ भन्ने प्रश्न धेरैले गरेका छन्।
साक्षर नभएका वा कुनै अवस्थाले सहज सूचना ग्रहण गर्न नसक्ने प्रभावितहरूका लागि के व्यवस्था छ त?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।