भोटेकोशी-त्रिशूली बाढीमा चुलोचौको र बास गुमाउनेमा भाडामा बस्नेहरू पनि, कस्तो राहत पाउँछन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भोटेकोशी-त्रिशूली बाढीमा चुलोचौको र बास गुमाउनेमा भाडामा बस्नेहरू पनि, कस्तो राहत पाउँछन्
Published

गत भदौ महिनामा आएको भोटेकोशी-त्रिशूली बाढीले घरधनीहरू सँगसँगै भाडामा बस्ने धेरै मानिसहरू पनि प्रभावित भए।

बाढीले घरभाडामा बस्नेहरूको खानेकुरादेखि लत्ताकपडा अनि आधारभूत आवश्यकता परिपूर्तिका साधनहरू समेत बगायो। कतिपयको बस्ने बास छैन भने कतिपयको आफ्नै जग्गाजमिन पनि नभएको बताइन्छ।

यस्तो बेला सरकारले दिने राहत घरभाडामा बसेकाहरूको निम्ति चाहिँ कस्तो छ त? अनि तिनको व्यवस्थापन कसरी गरिँदै छ?

यस विषयमा 'बीबीसी हातेमालोका लागि मनिका विश्वकर्माले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीसँग कुराकानी गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।