बाढीले पुरेको जमिनमा फेरि खेती गर्न केही किसान इच्छुक, सरकार के भन्छ
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवादेखि धादिङसम्म धेरै कृषियोग्य जमिन बगरमा परिणत भएका छन्।
अन्न र अन्य बाली फल्ने खेतबारी नै बगे वा पुरिएपछि कृषिमा निर्भर हजारौँ परिवारहरू प्रभावित भएका छन्।
प्रभावित स्थानका केही बासिन्दाहरूले बगरमा परिणत जमिनमा सरकारले कित्ताकाट गरिदिए आफूहरू केही ठाउँमा फेरि खेतीपाती गर्न इच्छुक भएको बताएका छन्।
प्रभावित स्थानमा मानिसहरूलाई कृषिकर्ममा फर्काउन मुख्यतः कृषियोग्य जमिनलाई पुरानै स्थितिमा फर्काउन जरुरी देखिन्छ। सरकारले त्यस्तो जग्गाजमिनको पहिचान गर्ने काम थालिसकिएको जनाएको छ।
'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले नुवाकोटका कृषक कृष्ण रिजाल अनि भूमिव्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टसँग यस विषयमा कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।