साताका १० रोचक तस्बिर

Published

गएको साता नेपालभित्र खिचिएकामध्ये हामीले छानेका रोचक तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

तस्बिर
तस्बिरको क्याप्शन, नेपाली सेना र नेपाल प्रहरीमा जागिर खानका लागि परीक्षाको तयारी गरिरहेका युवाहरू शनिवार भद्रकाली प्लाजामा अभ्यास गर्दै।
तस्बिर
तस्बिरको क्याप्शन, इन्द्रजात्राको अवसरमा भक्तपुरस्थित सिद्धपोखरीलाई शृङ्गार गरी विशेष पूजा गरिन्छ।
तस्बिर
तस्बिरको क्याप्शन, इन्द्रजात्राको दिन वसन्तपुरमा सवः भकु नाच प्रदर्शनी गरिएको छ।
तस्बिर
तस्बिरको क्याप्शन, इन्द्रजात्राको दिन वसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिएको छ।
तस्बिर
तस्बिरको क्याप्शन, चितुवाको बच्चा: कञ्चनपुरको बेदकोट नगरपालिकास्थित बछेला सामुदायिक वनबाट उद्धार गरिएको चितुवाको बच्चा देखाउँदै डिभिजन वन कार्यालयका प्राविधिक। उद्धार गरिएको जनावरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको छ।
तस्बिर
तस्बिरको क्याप्शन, मुस्लिम समुदायले मनाउने मोहर्म पर्वका अवसरमा वीरगन्जको घण्टाघर चोकमा निकालिएको ताजियमा सहभागीहरू। उनीहरूले पराम्पराअनुसार विभिन्न घरेलु हतियारसहित कलाकौशल प्रदर्शन गरेका छन्।
तस्बिर
तस्बिरको क्याप्शन, बुटवलबाट पाल्पातर्फ आउँदै गर्दा खसेको पहिरोले पुर्‍याएको क्षति। जीप चालकको घटनास्थलमै मृत्यु भएको छ।
तस्बिर
तस्बिरको क्याप्शन, खोटाङमा आधुनिक भाँडाहरू प्रचलनमा आउन थालेपछि कुमाल समुदायको माटोको भाँडा बनाउने पेशा सङ्कटमा पर्दै गएको छ।
तस्बिर
तस्बिरको क्याप्शन, तस्बिर खिच्नका लागि धादिङको गङ्गाजमुना झरना जाने पर्यटकहरूको सङ्ख्या बढेको छ।
तस्बिर
तस्बिरको क्याप्शन, चालीसौँ राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरू।