सरकारद्वारा खोज, उद्धार तथा राहत सामग्री आह्वान
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफूलाई आवश्यक परेका खोज, उद्धार तथा राहत सामग्रीका विवरण सार्वजनिक गर्दै सहयोगको आह्वान गरेको छ।
प्राधिकरणले इच्छुक दातृ निकाय, विकास साझेदार, सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्रलगायतले त्यस्तो सहयोग गर्न सक्ने एक सार्वजनिक सूचनामा जनाएको छ।
त्यसमा विस्थापितहरूका लागि हुने गरी खाद्यान्न र गैरखाद्य सामग्रीका सूची राखिएका छन्। गैरखाद्य सामग्रीमा आवास, खाना पकाउने, उज्यालो पार्ने र सरसफाइसँग सम्बन्धित सामग्री छन्।
उक्त सूचीमा ५०-७० मिटरका ब्रेलिबीज्रको समेत आवश्यकता रहेको उल्लेख छ।
आवश्यक विभिन्न ठाउँका लागि सम्पर्क व्यक्तिहरू तोकिएका छन्।

तस्बिर स्रोत, PM Secretariat

तस्बिर स्रोत, PM Secretariat

तस्बिर स्रोत, PM Secretariat














