रुसले विदेशी लडाकु भर्ती गर्दैः अमेरिका

तस्बिर स्रोत, EPA
युक्रेनमा लडाइँ गर्नका लागि रुसले सिरियाली तथा अरू विदेशी लडाकुहरूलाई भर्ती गरिरहेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक प्रवक्ता जोन एफ किर्बीले भनेका छन्, ''कति सिरियालीलाई भर्ती गरिएको छ वा उनीहरू कहाँ छन् त्यसबारे विस्तृत विवरण मसँग त छैन। तर मस्को पनि विदेशी लडाकुमाथि निर्भर हुनुपर्ने कुरा वास्तवमै चाखलाग्दो छ।''



