नौ तस्बिरमा यो साता

Published

यो साता संसारभर खिचिएका समाचार तस्बिरहरूमध्ये हामीले छानेका उत्कृष्ट तस्बिरहरू यस्ता छन्:

टेक्सासको एल पासोमा भएको गोलीकाण्डपछि स्थानीय बासिन्दाहरू मोबाइल फोन बालेर प्रार्थनामा सहभागी भएका छन्। गोलीकाण्डमा २२ जनाको मारिएका थिए।
तस्बिरको क्याप्शन, टेक्ससको एल पासोमा भएको गोलीकाण्डपछि स्थानीय बासिन्दाहरू मोबाइल फोन बालेर प्रार्थनामा सहभागी भएका छन्। गोलीकाण्डमा २२ जना मारिएका थिए
ब्रिटेनको डर्बीसायरमा भएको बाँध मर्मतका लागि पुगेको सेनाको हेलिकप्टरबाट बालुवाका बोरा खसालिएका थिए। बाँध फुट्ने डरले नजिकैका बासिन्दाहरूले छ दिन घर छोडेका थिए।
तस्बिरको क्याप्शन, ब्रिटेनको डर्बीसायरमा भएको बाँध मर्मतका लागि पुगेको सेनाको हेलिकोप्टरबाट बालुवाका बोरा खसालिएका थिए। बाँध फुट्ने डरले नजिकैका बासिन्दाहरूले छ दिन घर छोडेका थिए
एक १५ वर्षीया बालिका जङ्गलमा हराएपछि मलेशियाको अग्नि तथा उद्धार विभागले रेकर्ड गरिएको आमाको आवाज बजाउँदै खोजेको थियो।
तस्बिरको क्याप्शन, मलेशियाको अग्नि तथा उद्धार विभागले जङ्गलमा हराएकी एक १५ वर्षीया बालिकालाई रेकर्ड गरिएको उनकी आमाको आवाज बजाउँदै खोजेको थियो, मानसिक समस्या भएकी ती बालिका अझै फेला परेकी छैनन्
हङ्‍कङमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा ढुङ्गा हान्दै एक प्रदर्शनकारी। त्यहाँको प्रदर्शन रोकिएको छैन।
तस्बिरको क्याप्शन, हङकङमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा ढुङ्गा हान्दै एक प्रदर्शनकारी, त्यहाँ प्रदर्शन रोकिएको छैन
भारतीय तेस्रोलिङ्गी महिला टिस्टा दासले कोलकातामा विवाह परम्परागत शैलीमा विवाह गरेकी छन्।
तस्बिरको क्याप्शन, भारतीय तेस्रोलिङ्गी महिला टिस्टा दासले कोलकातामा परम्परागत शैलीमा विवाह गरेकी छन्
द बिटल्सको चर्चित फोटोको स्वर्णजयन्तीको अवसरमा हजारौँ प्रशंसकहरूले त्यस्तै तस्बिर खिच्ने प्रयास गरे।
तस्बिरको क्याप्शन, चर्चित साङ्गीतिक समूह द बिटल्सको चर्चित फोटोको स्वर्णजयन्तीको अवसरमा हजारौँ प्रशंसकहरूले लण्डनमा त्यस्तै तस्बिर खिच्ने प्रयास गरेका छन्

अनि गत साता नेपालमा खिचिएका केही तस्बिरहरू

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको बस शुक्रवार त्रिशूली नदीमा खसेपछि प्रहरीले यात्रुको उद्धार गरेका थिए।
तस्बिरको क्याप्शन, सर्लाहीको मलङ्गवाबाट काठमाण्डू आउँदै गरेको बस शुक्रवार त्रिशूली नदीमा खसेपछि प्रहरीले यात्रुको उद्धार गरेका थिए
कैलालीको टीकापुर नगरपालिकामा सडकमै रहेको छाउगोठ जहाँ महिलाहरू महिनावारी भएका बेला पाँच दिन सुत्ने गर्छन्।
तस्बिरको क्याप्शन, कैलालीको टीकापुर नगरपालिकामा सडकमै रहेको छाउगोठ जहाँ महिलाहरू महिनावारी भएका बेला पाँच दिन सुत्ने गर्छन्
भोजपुरको टक्सार विमानस्थलमा नेपाल एयरलाइन्सको नयाँ जहाज वाई१२ ले परीक्षण उडान गरेको छ।
तस्बिरको क्याप्शन, भोजपुरको टक्सार विमानस्थलमा नेपाल एयरलाइन्सको नयाँ जहाज वाई१२ ले परीक्षण उडान गरेको छ

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख गरिएको छ।