साताका उत्कृष्ट तस्बिर: ट्रम्पको खल्तीको नोटदेखि नेपालको संविधान दिवससम्म

Published

गत साता संसारभरि खिचिएका उत्कृष्ट तस्बिरहरू

क्यालिफोर्नियास्थित एउटा सैन्य विमानस्थलमा विमान चढ्न लाग्दा अमेरिकी राष्ट्रपतिको खल्तीबाट नोटहरू बाहिर निस्किएको देखिएक थियो
तस्बिरको क्याप्शन, क्यालिफोर्नियास्थित एउटा सैन्य विमानस्थलमा विमान चढ्न लाग्दा अमेरिकी राष्ट्रपतिको खल्तीबाट नोटहरू बाहिर निस्किएको देखिएको थियो
इटालीका सुरक्षाकर्मीले समुद्रबाट उद्धार गरिएका आप्रवासीहरू
तस्बिरको क्याप्शन, इटालीको जलसीमाका सुरक्षाकर्मीले समुद्रबाट उद्धार गरेका आप्रवासीहरूलाई माल्टा प्रहरीको गाडी चढाएर अन्यत्र लगिँदै
यूकेका प्रधानमन्त्री बोरिस जोनसनलाई भेटेपछि सञ्चारकर्मीलाई रित्तो मञ्च देखाउँदै लक्सम्बर्गका प्रधानमन्त्री जाभीएर बेटेल। प्रदर्शनकारीले विरोध गर्ने अनुमान गर्दै जोनसनले पत्रकार सम्मेलन स्थगित गरेका थिए
तस्बिरको क्याप्शन, यूकेका प्रधानमन्त्री बोरिस जोनसनलाई भेटेपछि सञ्चारकर्मीलाई रित्तो मञ्च देखाउँदै लक्सम्बर्गका प्रधानमन्त्री जाभीएर बेटेल। प्रदर्शनकारीले विरोध गर्ने अनुमान गर्दै जोनसनले पत्रकार सम्मेलन स्थगित गरेका थिए
डच रोयल गार्डका सदस्यहरू प्रिन्सेस्डाख परेडको तयारीका लागि आयोजित अभ्यासमा घोडासँग
तस्बिरको क्याप्शन, प्रिन्सेस्डाख परेडको तयारीका लागि आयोजित अभ्यासमा डच रोयल गार्डका घोडचढी सैनिकहरू
ब्रजिलको रिओ पार्दोमा अमेजन वनमा लागेको आगो निभाउन खोज्दै किसानहरू
तस्बिरको क्याप्शन, ब्रजिलको रिओ पार्दोमा अमेजन वनमा लागेको आगो निभाउन खोज्दै किसानहरू
स्पेनको कोस्टा ब्लान्कामा ठूलो वर्षा भएपछि मानिसहरू घरबाहिर थुपारिएका आफ्ना सामाननजिकै उभिँदै
तस्बिरको क्याप्शन, स्पेनको कोस्टा ब्लान्कामा ठूलो वर्षा भएपछि मानिसहरू घरबाहिर थुपारिएका आफ्ना सामाननजिकै उभिँदै
दक्षिणपश्चिम लन्डनस्थित रिच्मन्ड पार्कमा सूर्योदयको समयमा देखिएक मृग
तस्बिरको क्याप्शन, दक्षिणपश्चिम लन्डनस्थित रिच्मन्ड पार्कमा सूर्योदयको समयमा देखिएको मृग
Presentational white space
न्यूयोर्कको सडकमा एकजना मानिस हिँडिरहँदा बनेको दृष्टिभ्रम
तस्बिरको क्याप्शन, न्यूयोर्कको सडकमा एउटा चित्र अगाडिबाट एकजना मानिस हिँडिरहँदा देखिएको दृष्टिभ्रम
Presentational white space
जलवायु अभियानकर्ता ग्रेट टून्बेअर्ग पानामाकी मिलिट्जा फ्लाकोसँग वाशिङ्टनस्थित अमेरिकाको सर्वोच्च अदालतबाहिर
तस्बिरको क्याप्शन, जलवायु अभियानकर्ता ग्रेट टून्बेअर्ग पानामाकी मिलिट्जा फ्लाकोसँग वाशिङ्टनस्थित अमेरिकाको सर्वोच्च अदालतबाहिर सेल्फी खिच्दै
लन्डनमा आयोजित 'मामा मिया! द पार्टी'को पहिलो साँझ सन् १९७७ को पहिरनमा ब्योर्न उल्भिओस
तस्बिरको क्याप्शन, लन्डनमा आयोजित 'मामा मिया! द पार्टी'को पहिलो साँझ सन् १९७७ को पहिरनमा ब्योर्न उल्भिओस
प्रजातान्त्रिक गणतन्त्र कङ्गोका २१ वर्षीय यी युवक इबोला रोग लागेर बाँचेका हुन्। इबोलाका कारण परिवारका अन्य चार सदस्य गुमाएका उनले इबोला उपचार केन्द्रबाटै विद्यालयको परीक्षा उत्तीर्ण गरे
तस्बिरको क्याप्शन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका २१ वर्षीय यी युवक इबोला रोग लागेर बाँचेका हुन्। इबोलाका कारण परिवारका अन्य चार सदस्य गुमाएका उनले इबोला उपचार केन्द्रबाटै विद्यालयको परीक्षा उत्तीर्ण गरे
नेपालको नयाँ संविधान जारी भएको चार वर्ष भएको छ। त्यसै अवसरमा काठमाण्डूमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसको विशेष कार्यक्रममा मार्चपास गर्दै महिलाहरूको एउटा टोली
तस्बिरको क्याप्शन, नेपालको नयाँ संविधान जारी भएको चार वर्ष भएको छ। त्यसै अवसरमा काठमाण्डूमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसको विशेष कार्यक्रममा मार्चपास गर्दै महिलाहरूको एउटा टोली

सबै तस्बिरको सर्वाधिकार उल्लिखित पक्षसँग सुरक्षित