एक सातामा खिचिएका अफ्रिकासँग सम्बन्धित उत्कृष्ट तस्बिर

Published

अक्टोबर २५ देखि ३१ सम्म खिचिएका अफ्रिका महादेशसँग सम्बन्धित केही उत्कृष्ट तस्बिरहरू

केप टाउनस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका कार्यालयहरूबाट निकालिएपछि सयौँ आप्रवासीहरूले बिहीवार दक्षिण अफ्रिकाका गिर्जाघरहरूमा आश्रय लिए। उनीहरू तीन हप्तादेखि ती कार्यालयमा धर्नामा बसेका थिए।
तस्बिरको क्याप्शन, केप टाउनस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका कार्यालयहरूबाट निकालिएपछि सयौँ आप्रवासीहरूले बिहीवार दक्षिण अफ्रिकाका गिर्जाघरहरूमा आश्रय लिए। उनीहरू तीन हप्तादेखि ती कार्यालयमा धर्नामा बसेका थिए
मध्य नाइजरको आगादेज नगरमा अवस्थित मस्जिदको ढोका खोल्दै एक इमाम।
तस्बिरको क्याप्शन, मध्य नाइजरको आगादेज नगरमा अवस्थित मस्जिदको ढोका खोल्दै एक इमाम
केप टाउन घुम्न आएकी एक पर्यटक फोटो खिचाउँदै
तस्बिरको क्याप्शन, केप टाउन घुम्न आएकी एक पर्यटक को बाप क्षेत्रमा फोटो खिचाउँदै
स्थानीय बासिन्दाहरूको एउटा संस्थालाई त्यहाँको सम्पदा संरक्षणमा योगदान पुर्‍याएकोमा पुरस्कार दिइएको थियो
तस्बिरको क्याप्शन, स्थानीय बासिन्दाहरूको एउटा संस्थालाई त्यहाँको सम्पदा संरक्षणमा योगदान पुर्‍याएकोमा पुरस्कार दिइएको थियो
गत शनिवार जोहानिस्बर्गमा आयोजित प्राइड परेडमा मानिसहरू सहभागी भएका थिए
तस्बिरको क्याप्शन, गत शनिवार जोहानिस्बर्गमा प्राइड परेड आयोजना भएको थियो
समलिङ्गीलगायत एलजीबीटीआईक्यू व्यक्तिहरूले उत्सवका रूपमा आयोजना गर्ने उक्त परेड ३० वर्षअघि सुरु भएको थियो
तस्बिरको क्याप्शन, समलिङ्गीलगायत एलजीबीटीआईक्यू व्यक्तिहरूले उत्सवका रूपमा आयोजना गर्ने उक्त परेड ३० वर्षअघि सुरु भएको हो
केन्याको राजधानी नाइरोबीस्थित एउटा विद्यालयमा परीक्षामा सहभागी हुँदै प्राथमिक तहको अन्तिम कक्षाका विद्यार्थीहरू। आठ वर्षको अध्ययनपछि १० लाखभन्दा बढी बालबालिकाहरूले उक्त परीक्षा दिन लागेका हुन्
तस्बिरको क्याप्शन, केन्याको राजधानी नाइरोबीस्थित एउटा विद्यालयमा परीक्षामा सहभागी हुँदै प्राथमिक तहको अन्तिम कक्षाका विद्यार्थीहरू। आठ वर्षको अध्ययनपछि १० लाखभन्दा बढी बालबालिकाहरूले उक्त परीक्षा दिन लागेका हुन्
यूगान्डाको एउटा विश्वविद्यालयमा शैक्षिक शुल्क १५ प्रतिशतले वृद्धि भएको भन्दै विरोधप्रदर्शन गरिरहेको समूहमाथि अश्रुग्यास प्रहार भएपछि केही विद्यार्थीहरू
तस्बिरको क्याप्शन, यूगान्डाको एउटा विश्वविद्यालयमा शैक्षिक शुल्क १५ प्रतिशतले वृद्धि भएको भन्दै विरोधप्रदर्शन गरिरहेको समूहमाथि अश्रुग्यास प्रहार भएपछि केही विद्यार्थीहरू
ईयू र अमेरिकाले लगाएका प्रतिबन्धहरूको विरोधमा जिम्बाब्वेमा शुक्रवार प्रदर्शन भएको थियो
तस्बिरको क्याप्शन, ईयू र अमेरिकाले लगाएका प्रतिबन्धहरूको विरोधमा जिम्बाब्वेमा शुक्रवार प्रदर्शन भयो
इजिप्टस्थित एउटा प्राचीन मन्दिरमा आराम गर्दै एक मानिस
तस्बिरको क्याप्शन, इजिप्टको लक्सरस्थित एउटा प्राचीन मन्दिरमा आराम गर्दै एक व्यक्ति
नाइजिरियाको लेगसमा गर्मीबाट जोगिन ट्रकमुनि सुतेका ट्रकचालकहरू
तस्बिरको क्याप्शन, गर्मीबाट जोगिन नाइजिरियाको लेगसमा ट्रकमुनि सुतेका ट्रकचालकहरू
भूमध्यसागरमा भेटिएको एउटा डुङ्गाबाट उद्धार गरी स्पेनको बन्दरगाह मलागा लगिँदै गरेका अफ्रिकीहरूको एउटा समूहमा देखिएको एक बालक
तस्बिरको क्याप्शन, भूमध्यसागरमा भेटिएको एउटा डुङ्गाबाट उद्धार गरी स्पेनको बन्दरगाह मलागा लगिँदै गरेका अफ्रिकीहरूको एउटा समूहमा देखिएको एक बालक

तस्बिरहरूको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित छ।