कोरोनाभाइरस सङ्क्रमणको त्रासका माझ फागुपूर्णिमा मनाउँदा

Published

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने पर्वका रुपमा होली अर्थात फागु यसपालि सोमवार र मङ्गलवार देशका विभिन्न भागमा विभिन्न रङ र पानी खेलेर मनाइएको छ।

बसन्तपुरमा होली
तस्बिरको क्याप्शन, फागुन शुक्ल पूर्णिमाको दिन हिमाली तथा पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराइमा फागु अर्थात् होली पर्व मनाइन्छ।
होली
तस्बिरको क्याप्शन, फागुमा लगाइने कतिपय रङ्ग वा अन्य विभिन्न रसायनले छालामा असर गर्ने बताइन्छ।
होली
तस्बिरको क्याप्शन, कोरोनाभाइरसको सङ्क्रमणको उच्च जोखिममा नेपाल पनि रहेको बताइँदै गर्दा यसपटक त्यसको असर फागुमा पनि परेको देखियो। मानिसहरूले कतिपय ठाउँमा यसपालि मास्क लगाएर पनि होली खेलेका छन्।
होली
तस्बिरको क्याप्शन, फागुपूर्णिमाका दिन फागु खेल्न 'ह्याप्पी होली' लेखिएको टिसर्ट लगाउने चलन पनि बढ्दै गएको छ।
होली
तस्बिरको क्याप्शन, फागुपुर्णिमामा रङ्ग दल्ने र पानी छ्याप्नेबाहेक मिठा परिकार खाने चलन छ।
होली
तस्बिरको क्याप्शन, फागुमा रङ्ग खेल्नेहरूसँग नेपाल घुम्न आएका विदेशी पनि सहभागी हुने गरेको देखिन्छ। खासगरी पर्यटकीय क्षेत्रमा उनीहरू फागु खेलिरहेको देखिन्छ।
होली
तस्बिरको क्याप्शन, विगतका जस्तै यस वर्ष पनि विभिन्न औपचारिक कार्यक्रम गरी नेपालगञ्जमा होली मनाईएको छ। प्रशासनले धेरै मानिस जम्मा भएर होली नखेल्न आग्रह गरे पनि नेपालगञ्जको धम्बोझी, घरबारी टोल, त्रिवेणीकोण लगायतका स्थानमा ठूलो सङ्ख्यामा भेला भएर मानिसहरूले मट्का फुटाउने प्रतिस्पर्धा गरे।
होली
तस्बिरको क्याप्शन, बालबालिका, युवा, वयस्क सबै उमेरसमूहकाले यो पर्व विशेष महत्वसहित मनाउने गर्छन्।
होली
तस्बिरको क्याप्शन, प्रहरीले यसपालि कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको थियो।
होली
तस्बिरको क्याप्शन, कोरोना सङ्क्रमणको त्रासमा तराईका अधिकांश सर्वसाधारणले आफ्नै परिवारका सदस्यहरूमाझ नाच गान गरेर होली पर्व मनाएका छन्।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित