तस्वीरमा साताः विश्वभरिका उत्कृष्ट तस्वीरहरू

Published

विश्वभरि मानिसहरू कोरोनाभाइरस सङ्क्रमणको महामारीसँग जुझिरहेका बेला यो साता खिचिएकामध्ये उत्कृष्ट तस्वीरहरूलाई यहाँ समेटिएको छ।

रुसी विमान
तस्बिरको क्याप्शन, नाजी जर्मनीमाथि विजय हासिल गरेको ७५ औँ वर्षगाँठका अवसरमा गरिने कार्यक्रमका लागि रुसी सेनाका विमानहरू पूर्वाभ्यासमा देखिएका थिए। हरेक मे ९ तारिखमा हुने गरेको कार्यक्रम कोरोनाभाइरसका कारण यो वर्ष पछाडि धकेलिएको छ।
मास्क लगाएका महिलाहरू
तस्बिरको क्याप्शन, कोभिड-१९ को प्रकोपका कारण जारी लकडाउनबीच स्पेनको मड्रिडमा केही पसलहरू खोलिएको पहिलो दिन एक दुलहीले पोशाक लगाएर हेर्ने मौका पाइन्।
इटलीमा र्‍याली
तस्बिरको क्याप्शन, कोरोनाभाइरस विरुद्धको लडाइँमा ज्यान गुमाएका स्वास्थ्यकर्मीहरूको सम्झनामा आयोजित कार्यक्रमका कारण इटलीमा साना उद्योगीहरूले आयोजना गरेको एउटा र्‍याली रोकिएको थियो। इटलीले लकडाउन खुकुलो पार्न लागेको छ।
बालक
तस्बिरको क्याप्शन, ब्रूक्लिनस्थित द न्यूयोर्क अक्वेरियममा भित्तेचित्रलाई छोइरहेका मास्क लगाएका एक बालक।
इन्डोनेशिया
तस्बिरको क्याप्शन, इन्डोनेशियाको जाभा प्रान्तमा पर्ने बान्दुङमा हलिवूड चलचित्र ट्रान्सफर्मरका पात्रले लगाएको जस्तै पोशाक लगाएका एक व्यक्तिले मानिसहरूलाई घरभित्र रहन अपील गरेका थिए।
थाइल्यान्ड
तस्बिरको क्याप्शन, थाइल्यान्ड सरकारले केही रेष्टुराँ, किनमेल केन्द्र र पार्क लगायतका स्थान बिस्तारै खोल्न दिन थालेपछि ब्याङ्कस्थित एरावन धार्मिक स्थलमा अनुहार छोप्ने सुरक्षामक सामग्री लगाएकी एक कलाकार।
लन्डन
तस्बिरको क्याप्शन, यूकेले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई निरन्तरता दिइरहँदा मध्यलन्डनस्थित चाइनाटाउनमा मास्क लगाएको एक जोडी।
कलाकार
तस्बिरको क्याप्शन, लन्डनमा कलाकार लाइअनल स्टानहोपले पन्जा लगाएर क्याराभाजिओले बनाएको एट अमेअस चित्रमा आधारित भित्तेचित्र बनाएका छन्।
खेलाडी
तस्बिरको क्याप्शन, एडिनबरामा ओलिम्पिक खेलाडी पोली स्वान मे ४ तारिखका दिन लकडाउनबीच घरमै व्यायाम गर्दै, कास्य पदक विजेता उनले हालै कनिष्ठ चिकित्सकको रूपमा काम थालेकी छन्।
द नेदरल्यान्ड्स
तस्बिरको क्याप्शन, द नेदरल्यान्ड्समा लकडाउनविरुद्ध भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरीसँग बाझाबाझ गरिहरेका एक प्रदर्शनकारी।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित