विश्वभरिबाट छानिएका साताका उत्कृष्ट तस्बिरहरू

Published

विश्वभरिबाट छानिएका साताका उत्कृष्ट तस्बिरहरू हेर्नुहोस्।

जीसीएसई नतिजा
तस्बिरको क्याप्शन, जीसीएसई नतिजा आएपछि खुशी व्यक्त गर्दै ब्रिटिश विद्यार्थीहरू, शिक्षकहरूले दिएको ग्रेड अन्तिम समयमा आएर थाती राख्ने निर्णयसँगै उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्यामा नाटकीय रूपमा वृद्धि देखिएको छ
1px transparent line
स्टिभ बेनन
तस्बिरको क्याप्शन, ह्वाइट हाउसका पूर्वप्रमुख रणनीतिकार स्टिभ बेनन म्यानह्याटन फेडेरल कोर्टबाट एउटा मुद्दाको सुनुवाइपछि बाहिरिँदै, उनीमाथि सम्पत्ति शुद्धीकरण लगायतका आरोप लगाइएको छ।
1px transparent line
भारत
तस्बिरको क्याप्शन, भारतको कोलकत्तामा गणेश चतुर्थीअघि निस्सङ्क्रमण गर्दै एक कर्मचारी, भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दो छ।
1px transparent line
श्रीमती जिल र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिससँग जो बाइडन
तस्बिरको क्याप्शन, विस्कन्सिनमा डेमोक्र्याटिक न्याशनल कन्भेन्सनको अन्तिम राति राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडन आफ्नी श्रीमती जिल र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिससँग।
1px transparent line
ट्रम्प समर्थक
तस्बिरको क्याप्शन, मिनेसोटामा राष्ट्रपति डोनल्ड ट्रम्पको भाषण सुन्दै मुकुन्डो लगाएका एक समर्थक, रिपब्लिकन पार्टीको न्याशनल कन्भेन्शनमार्फत् ट्रम्पले उम्मेदवारी दिने प्रस्ताव स्वीकार्ने अपेक्षा गरिएको छ।
1px transparent line
ब्रिटेन
तस्बिरको क्याप्शन, एसेक्सको ग्रेजस्थित हलिवूड बाउलमा बल सफा सफा गर्दै एक कर्मचारी, यूकेमा लकडाउन खुकुलो पारिएपछि क्यासिनो र अन्य केही मनोरञ्जन स्थलहरू खुल्न थालेका छन्।
1px transparent line
ओल्ड बेली
तस्बिरको क्याप्शन, ब्रिटेनको म्यानचेस्टर एरिना बमकाण्डमा ज्यान गुमाएका व्यक्तिहरूका आफन्तहरू ओल्ड बेलीमा, २२ जनाको ज्यान जाने गरी सन् २०१७ को मे २२ मा हमला गरेको अभियोगमा हासिम अबेदीलाई अदालतले ऐतिहासिक ५५ वर्षको न्यूनतम सजाय सुनाएको छ।
1px transparent line
आदिवासी
तस्बिरको क्याप्शन, कोरोनाभाइरस सङ्क्रमणविरुद्ध भन्दै आदिवासीहरूको भूमिमा सरकारले चालेका कदमको विरोधमा ब्राजिलका कयापो आदिवासीहरूले बीआर १६३ राजमार्ग अवरुद्ध गरेका थिए।
1px transparent line
पर्यटक
तस्बिरको क्याप्शन, क्यालिफोर्नियास्थित डेथ भ्याली न्याशनल पार्कस्थित फर्नेस क्रीक भिजिटर सेन्टरमा तस्बिर खिचाउँदै पर्यटक, अगस्ट १६ तारिखमा त्यहाँ पृथ्वीकै सबैभन्दा उच्च तापक्रम ५४.४ सेल्सियस मापन गरिएको थियो।
1px transparent line
एउटा मूर्तिसँगै उभिएकी एक कर्मचारी
तस्बिरको क्याप्शन, कोरोनाभाइरस महामारीबीच सङ्ग्रहालय पूर्ण रूपमा पुनः खुल्नुअघि मार्क क्वीनले बनाएको एउटा मूर्तिसँगै उभिएकी लन्डनस्थित द साइन्स म्युजियमकी एक कर्मचारी।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित