तस्बिरमा यो साताः १०-१६ अक्टोबर

Published

यो साता विश्वभरि खिचिएकामध्ये केही शक्तिशाली समाचार तस्बिरहरू।

जापान
तस्बिरको क्याप्शन, कुकुर डुलाउने काम गर्ने नोबुआकी मोरिबको तस्बिर जापानको टोक्योमा उनी काममा रहेको बेला खिचिएको हो।
कोलम्बिया
तस्बिरको क्याप्शन, कोलम्बियाको बोगोटामा अन्तरिक्षयात्रीले लगाउने जस्तै हेल्मेट लगाएका दुई बच्चा. कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउने प्रयासमा कोलम्बियाका इन्जिनियरहरूले उक्त हेल्मेट बनाएका हुन्।
स्टेसी ब्राउन र एडम ड्रापर
तस्बिरको क्याप्शन, कोरोनाभाइरस महामारीका कारण दुई देशबीच बन्द गरिएको पृष्ठभूमिमा सुरक्षित स्थानबीच यात्रा अनुमति दिइँदा न्यूजील्यान्डबाट अस्ट्रेलियाको सिड्नी पुगेकी आफ्नी प्रेमिका स्टेसी ब्राउनलाई एडम ड्रापरले कसिलो अङ्गालोमा बाँधे।
महारानी एलिजाबेथ द्वितीय
तस्बिरको क्याप्शन, गत सात महिनायता पहिलो पटक राजदरबारबाट बाहिर निस्केकी ब्रिटेनकी महामारी एलिजाबेथ द्वितीयले डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरीका वैज्ञानिकहरूलाई भेटेकी छन्।
स्पाइडर म्यान
तस्बिरको क्याप्शन, उबर, क्याबिफाइ र डीडीजस्ता ट्याक्सी खोज्ने सेवासम्बन्धी एपको विरोधमा स्पाइडर म्यानको पोशाकमा मेक्सिको सिटीमा देखिएका एक प्रदर्शनकारी आराम गर्दै।
क्यालिफोर्निया
तस्बिरको क्याप्शन, क्यालिफोर्नियाको भेनिस समुद्री तटमा आफ्ना बच्चाहरूका लागि साबुनको फिँजबाट फोका बनाउँदै गरेका एक पुरुष।
गिनी
तस्बिरको क्याप्शन, गिनीको राष्ट्रपतीय चुनावअघि विपक्षी उम्मेदवार सेलु डालाँ डीएलोका एक समर्थक। ८२ वर्षीय वर्तमान राष्ट्रपति अल्फा कोन्डे तेस्रो कार्यकालका लागि चुनाव लड्दैछन्।
सैनिककी आमा
तस्बिरको क्याप्शन, आर्मेनिया र अजरबैजानबीचको द्वन्द्वमा मारिएका एक २९ वर्षीय सैनिककी आमा आगदाम नगरनजिकै रहेको एउटा चिहानस्थलमा बिलौना गर्दै। २७ सेप्टेम्बरबाट शुरू भएको द्वन्द्वमा दुवै तर्फका थुप्रै सैनिक मारिएका छन्।
ट्रम्प
तस्बिरको क्याप्शन, कोरोनाभाइरस सङ्क्रमण भई निको भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो चुनावी सभाका क्रममा फ्लोरिडाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थलमा देखिए।
जो बाइडन
तस्बिरको क्याप्शन, राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जो बाइडन केन्टुकीमा सञ्चारकर्मीहरूसँग बोल्ने क्रममा।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सुरक्षित।