साताका उत्कृष्ट तस्बिरः नेपालको लिङ्गेपिङदेखि अमेरिकी निर्वाचनसम्म

Published

यो साता संसारभरि समाचारमूलक घटनाक्रमसँग सम्बन्धित केही तस्बिर।

लिङ्गे पिङ
तस्बिरको क्याप्शन, भक्तपुरको चाँगुनारायण नगरपालिकामा गत मङ्गलवार लिङ्गेपिङ खेल्दै एक व्यक्ति। नेपालमा दशैँ-तिहारका बेलामा यस्ता पिङ हाल्ने चलन छ।
फ्रान्सको निसस्थित नोट्र-डाम गिर्जाघरमा चक्कु हानेर हत्या गरिएका तीन व्यक्तिप्रति सम्मान व्यक्त गर्दै मानिसहरू। फ्रान्सका राष्ट्रपतिले उक्त आक्रमणलाई "इस्लामिक आतङ्कवादी आक्रमण" को सङ्ज्ञा दिएका छन्।
तस्बिरको क्याप्शन, फ्रान्सको निसस्थित नोट्र-डाम गिर्जाघरमा चक्कु हानेर हत्या गरिएका तीन व्यक्तिप्रति सम्मान व्यक्त गर्दै मानिसहरू। फ्रान्सका राष्ट्रपतिले उक्त आक्रमणलाई "इस्लामिक आतङ्कवादी आक्रमण" को सङ्ज्ञा दिएका छन्।
नाइजिरियाको आबुजामा एउटा गोदाम लुट्न गएका मानिसलाई भगाउन प्रहरीले अश्रुग्यास गरेपछि यस्तो दृश्य देखियो। केही साताअघि प्रहरीको क्रूरताविरुद्ध आयोजित प्रदर्शनपछि त्यहाँ अशान्ति बढेको छ र मानिसहरूले कोभिड-१९ राहत राखिएका सरकारी गोदामलाई तारो बनाउन थालेका छन्।
तस्बिरको क्याप्शन, नाइजिरियाको आबुजामा एउटा गोदाम लुट्न गएका मानिसलाई भगाउन प्रहरीले अश्रुग्यास गरेपछि यस्तो दृश्य देखियो। केही साताअघि प्रहरीको क्रूरताविरुद्ध आयोजित प्रदर्शनपछि त्यहाँ अशान्ति बढेको छ र मानिसहरूले कोभिड-१९ राहत राखिएका सरकारी गोदामलाई तारो बनाउन थालेका छन्।
टर्कीको इज्मिरमा भत्किएका भवनहरूको भग्नावशेषबाट हिँड्दै एक व्यक्ति। शुक्रवार आएको ७.० म्याग्निट्यूडको भूकम्पका कारण टर्की र ग्रीसमा क्षति पुगेको छ।
तस्बिरको क्याप्शन, टर्कीको इज्मिरमा भत्किएका भवनहरूको भग्नावशेषबाट हिँड्दै एक व्यक्ति। शुक्रवार आएको ७.० म्याग्निट्यूडको भूकम्पका कारण टर्की र ग्रीसमा क्षति पुगेको छ।
अमेरिकाको न्यूयोर्कमा मत हाल्दै एक व्यक्ति। अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचनको मुख्य दिनअघि नै उल्लेख्य सङ्ख्यामा मानिसहरूले मत हालेकाले यसपालि धेरै मतदान हुने अनुमान गरिएको छ।
तस्बिरको क्याप्शन, अमेरिकाको न्यूयोर्कमा मत हाल्दै एक व्यक्ति। अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचनको मुख्य दिनअघि नै उल्लेख्य सङ्ख्यामा मानिसहरूले मत हालेकाले यसपालि धेरै मतदान हुने अनुमान गरिएको छ।
भारतको बिहारमा भएको निर्वाचनमा मतदान गर्न पङ्क्तिबद्ध मतदाताहरू। बिहारमा सात करोड मानिस राज्यसभाका २४३ सांसद छान्न मतदान गर्न योग्य छन्। कोरोनाभाइरस महामारी फैलिएपछि भारतमा पहिलो पटक कुनै निर्वाचन भएको हो।
तस्बिरको क्याप्शन, भारतको बिहारमा भएको निर्वाचनमा मतदान गर्न पङ्क्तिबद्ध मतदाताहरू। बिहारमा सात करोड मानिस राज्यसभाका २४३ सांसद छान्न मतदान गर्न योग्य छन्। कोरोनाभाइरस महामारी फैलिएपछि भारतमा पहिलो पटक कुनै निर्वाचन भएको हो।
ब्याले नर्तकी अनुष्का जोए जेम्स ब्रजिलमा समुद्रको पानीमा नाच्दै।
तस्बिरको क्याप्शन, ब्याले नर्तकी अनुष्का जोए जेम्स ब्रजिलमा समुद्रको पानीमा नाच्दै।
चीनको शाङ्घाईस्थित ख्वाङ्पु नदीमुनि बनेको दृश्यावलोकन गर्ने सुरुङबाट यात्रा गर्दै मानिसहरू। सन् २००० मा सर्वसाधारणका लागि खुला गरिएको उक्त सुरुङ ६४६ मिटर लामो छ। त्यसमा रङ्गीन प्रकाश देखाउँदै पाँच मिनेटको यात्रा गराइन्छ।
तस्बिरको क्याप्शन, चीनको शाङ्घाईस्थित ख्वाङ्पु नदीमुनि बनेको दृश्यावलोकन गर्ने सुरुङबाट यात्रा गर्दै मानिसहरू। सन् २००० मा सर्वसाधारणका लागि खुला गरिएको उक्त सुरुङ ६४६ मिटर लामो छ। त्यसमा रङ्गीन प्रकाश देखाउँदै पाँच मिनेटको यात्रा गराइन्छ।
कोर्न्वलमा पानीको छालमाथि हिँड्दै एक सर्फर। सामुद्रिक आँधी एप्सिलोनका कारण चलेको हावाहुरी र विकसित न्यून चापका कारण उत्तर एट्लान्टिक महासागरमा ठूलाठूला छाल बनेका छन्। हावाहुरी र वर्षाले यूकेका केही भागहरू प्रभावित भएका छन्।
तस्बिरको क्याप्शन, कोर्न्वलमा पानीको छालमाथि हिँड्दै एक सर्फर। सामुद्रिक आँधी एप्सिलोनका कारण चलेको हावाहुरी र विकसित न्यून चापका कारण उत्तर एट्लान्टिक महासागरमा ठूलाठूला छाल बनेका छन्। हावाहुरी र वर्षाले यूकेका केही भागहरू प्रभावित भएका छन्।
स्विट्जरल्यान्डको स्टालिकोनमा शरद्‌याममा बाटोमा झरेका पातहरू हटाउँदै एक कर्मचारी।
तस्बिरको क्याप्शन, स्विट्जरल्यान्डको स्टालिकोनमा शरद्‌याममा बाटोमा झरेका पातहरू हटाउँदै एक कर्मचारी।
स्कटल्यान्डको एउटा निकुञ्जमा फर्सी खान खोज्दै एउटा रेड रफ्ड लीमर। उक्त प्रजाति आईयूसीएनको अतिसङ्कटापन्न वन्यजीवको सूचीमा छ।
तस्बिरको क्याप्शन, स्कटल्यान्डको एउटा निकुञ्जमा फर्सी खान खोज्दै एउटा रेड रफ्ड लीमर। उक्त प्रजाति आईयूसीएनको अतिसङ्कटापन्न वन्यजीवको सूचीमा छ।

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख गरिएअनुसार सुरक्षित