साताका तस्बिरः अस्ट्रेलियन टेनिसदेखि नेपालको महिला मार्चसम्म

Published

यो साता विश्वभरि भएका समाचारमूलक घटनाक्रमसँग सम्बन्धित केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

नाओमी ओसाकाको अनुहारमा एक पुतली
तस्बिरको क्याप्शन, अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताका बेला जापानी खेलाडी नाओमी ओसाकाको अनुहारमा एउटा पुतली आएर बसिदिएपछि केही बेर खेल रोकियो
ब्रिट्ने स्पेर्सका समर्थक
तस्बिरको क्याप्शन, अमेरिकी गायिका ब्रिट्ने स्पेर्सको कानुनी अभिभावकत्वसम्बन्धी मुद्दा चल्दै गर्दा लस एन्जलसस्थित अदालतसामु गायिका स्पेर्सका समर्थकहरू उनको स्वतन्त्रताको वकालत गर्दै। गायिका स्पेर्सको आर्थिक मामिलामा थप नियन्त्रणका लागि उनका पिता ज्यामीले दिएको निवेदनलाई न्यायाधीशद्वारा अस्वीकार गरिएको छ।
धूपहरूको चाङमा एउटा बिरालो
तस्बिरको क्याप्शन, जाकार्ताको बाहिरी भेगमा रहेको ट्याङ्गेराङमा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा सुकाउन राखिएका धूपहरूको चाङमा एउटा बिरालो
कियभमा एक महिला र बालक
तस्बिरको क्याप्शन, यो साता यूक्रेनको कीएभमा जस्तै युरोपका धेरै भागमा धेरै हिमपात भयो
बालक र स्नोम्यान
तस्बिरको क्याप्शन, यूकेको ग्लास्गोस्थित भिक्टोरिया पार्कमा हिउँबाट बनाइएको स्नोम्यान हेर्दै एक बालक
टुक-टुक
तस्बिरको क्याप्शन, थाईल्यान्डको राजधानी ब्याङ्ककमा महामारीका कारण लगाइएका यात्रा प्रतिबन्ध तथा बन्देजले गर्दा पर्यटकहरू ओसार्न प्रयोग हुने टुकटुक भनिने सवारीसाधन त्यतिकै थन्किएका छन्
श्रृङ्गार गरिदिँदै
तस्बिरको क्याप्शन, आनुवंशिक कारणले गर्दा हात गुमाएकी १६ वर्षीया नर्तकी भिटोरिया ब्युनो ब्रजिलको इनाटेल नाट्यशालामा आफ्नो साथीलाई खुट्टाले शृङ्गार गरिदिँदै
ज्याकलीन लोलिङ्ग
तस्बिरको क्याप्शन, जर्मनीको आल्टेनबर्गमा आयोजित आईबीएसएफ स्केलेटन विश्व प्रतियोगितामा जर्मनीकी ज्याकलिन लोलिङ प्रतिस्पर्धा गर्दै
छानो छाउँदै
तस्बिरको क्याप्शन, आयरल्यान्डको गाल्वेमा २०० वर्ष पुरानो कटेजको छानो मर्मत गर्दै कालीगड माइकल फाही
प्रदर्शनकारी पक्राउ गर्दै प्रहरी
तस्बिरको क्याप्शन, म्यान्मारको मन स्टेटको माउलामिनमा सैन्य कूविरुद्ध प्रदर्शन गरिरहेका एक व्यक्तिलाई पक्राउ गर्दै प्रहरी
नेपाल महिला मार्च
तस्बिरको क्याप्शन, महिलाको बलात्कार, हत्या तथा घरेलु हिंसाविरुद्ध नेपालको राजधानी काठमाण्डूमा निकालिएको महिला मार्चमा साङ्केतिक रूपमा निकालिएको शवयात्रामा सहभागीहरू

सबै तस्बिरको प्रतिलिपि अधिकार माथि उल्लेख गरेअनुसार सुरक्षित