झ्याल फोरेर मृग लन्ड्रीभित्र छिरेपछि ग्राहकहरू भागाभाग
संयुक्त राज्य अमेरिकाको नोर्थ क्यारोलाइनास्थित एउटा सार्वजनिक लन्ड्रीमा एउटा मृग नाटकीय तरिकाले भित्र छिरेको र एकैछिनमा बाहिर निस्किएको देखिने सीसीटीभी फुटेज सार्वजनिक भएको छ।
कार पार्किङमा एक महिलालाई ठक्कर दिएर लडाएपछि उक्त मृग नजिकै रहेको लन्ड्रीको झ्याल फोरेर भित्र छिरेको थियो। त्यसरी अकस्मात् मृग भित्र छिरेको देखेपछि ग्राहकहरू भागेका थिए।
यो फुटेजमा लन्ड्रीभित्र छिरेपछि उक्त मृगले बाहिर निस्किने बाटो खोजे जस्तो देख्न सकिन्छ। त्यो मृग आफू आएकै बाटोबाट बाहिर निस्किएको देखेर ग्राहकहरू छक्क पर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



