आँधी आएको मौसममा मालवाहक पानीजहाजसँग ठोक्कियो 'क्रूज लाइनर'
आँधी आएको मौसममा मालवाहक पानीजहाजसँग ठोक्कियो 'क्रूज लाइनर'
Published
जर्मनीको ब्रेमर्हाभनमा एउटा 'क्रूज लाइनर' दुई ओटा मालवाहक पानीजहाजसँग ठोक्किएको छ।
उक्त समयमा क्रूज लाइनरमा चालकदल र यात्रु गरी ३,००० जनाभन्दा बढी मानिसहरू थिए।
घटनामा कोही पनि घाइते नभएको बताइएको छ।
जर्मन सञ्चारमाध्यमहरूका अनुसार क्रूज चालकले आफ्नो कर्तव्य पूरा गर्न विफल भएनभएका विषयमा छानबिन सुरु भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



