कोरोनाभाइरस: श्रीलङ्कामा तीनदिने कर्फ्यु, निर्वाचन स्थगित

श्रीलंका
तस्बिरको क्याप्शन, श्रीलङ्काको निर्वाचन आयोगका प्रमुखले पत्रकार सम्मेलन गरेर निर्वाचन स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन्
Published

कोरोनाभाइरसका कारण श्रीलङ्काले देशभरि शुक्रबार साँझबाट लागु हुने गरी तीनदिने कर्फ्यु लगाएको छ भने आगामी महिनाका लागि तय भएको निर्वाचन स्थगित गरेको छ।

श्रीलङ्काले शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ।

निर्वाचन अधिकारीले कोरोनाभाइरसका कारण आगामी महिनाका लागि तय गरिएको संसदीय निर्वाचन स्थगित गरेको घोषणा गरेको भोलिपल्ट यो घोषणा गरिएको हो।

राष्ट्रपति गोटाबाय राजापक्षेले निर्वाचन सार्नुपर्ने कारण नरहेको बताउँदा बताउँदै पनि निर्वाचन अधिकारीले चुनाव सारेका हुन्।

चेतावनी

राजापक्षेले संसद्‌मा दुई तिहाइ बहुमतको अपेक्षा गरेका थिए जसले उनलाई संविधान संशोधन गर्न सहज बनाउँथ्यो।

श्रीलङ्कामा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ।

गत तीन दिनमा सङ्क्रमितको सङ्ख्या झण्डै दोबर भएपछि कुल सङ्क्रमण सङ्ख्या ६० भन्दा बढी भएको छ।

त्यहाँको सरकारी स्वास्थ्य व्यवसायीहरूको सङ्गठनले श्रीलङ्काको अवस्था इटलीको भन्दा जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर