तस्बिरमा गत हप्ता: १४-२० अगस्ट २०२१ सम्मका केही समाचार तस्बिरहरू

Published

संसारभर खिचिएका केही शक्तिशाली समाचार तस्बिरहरू

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि भागेर सयौँ अफगानहरू अमेरिकी सैन्य कार्गो प्लेन चढे।
तस्बिरको क्याप्शन, तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि भागेर सयौँ अफगानहरू अमेरिकी सैन्य कार्गो प्लेन चढे। अमेरिकी रक्षा विश्लेषण वेबसाइट 'डीफेन्स वान'मा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै मानिसहरूलाई विमान बाहिर निकाल्न जबर्जस्ती गर्नुभन्दा उनीहरूलाई लिएर उड्ने निर्णय गरिएको भन्ने विवरण छापिएको छ।
Transparent line
लेस केयस हेइटीमा ७.२ म्याग्नीट्यूडको भूकम्प आए लगत्तै उष्णप्रदेशीय आँधी 'ग्रेस' आयो जसका कारण करिब २००० मानिसहरूको ज्यान गयो हजारौँ अरू घाइते भए र दशौँ हजार घरबारविहीन भए।
तस्बिरको क्याप्शन, लेस केयस हेइटीमा ७.२ म्याग्नीट्यूड भूकम्प आए लगत्तै उष्णप्रदेशीय आँधी 'ग्रेस' आयो जसका कारण करिब २००० मानिसहरूको ज्यान गयो हजारौँ अरू घाइते भए र दशौँ हजार घरबारविहीन भए।
Transparent line
एउटा युद्ध विमानले एउटा जङ्गलमा लागेको आगो निभाउने बस्तु फ्याँकिरहेको छ- इजरेलको इतिहासकै ठूलो मध्येको एक - जेरुसलेम नजिकै गिभाट येरीममा २००० हेक्टर जङ्गलमा आगो लागेको छ।
तस्बिरको क्याप्शन, एउटा युद्ध विमानले जङ्गलमा लागेको आगो निभाउने रासायनिक पदार्थ फ्याँकिरहेको छ- इजरेलको इतिहासकै ठूलो मध्येको एक - जेरुसलेम नजिकै गिभाट येरीममा २००० हेक्टर जङ्गलमा आगो लागेको छ। नजिकैका नगर र गाउँबाट २००० बासिन्दालाई उद्धार गरिएको छ।
Transparent line
वाली नाम दिइएको वालरस मार्च महिना यता ४००० किलोमिटर यात्रा गरेर पश्चिमी युरोप आइपुगेको छ। वन्यजन्तु विज्ञहरू उ फर्केर आर्कटिकतिरै लागोस् भन्ने चाहिरहेका छन्।
तस्बिरको क्याप्शन, वाली नाम दिइएको वालरस मार्च महिना यता ४००० किलोमिटर यात्रा गरेर पश्चिमी युरोप आइपुगेको छ। वन्यजन्तु विज्ञहरू उ फर्केर आर्कटिकतिरै लागोस् भन्ने चाहिरहेका छन्।
Transparent line
मर्मतपछि यसलाई यूकेमा अठारौँ शताब्दीका पुतली संरक्षण गरेर राखिएको सङ्ग्रहालयमध्ये एक वेस्ट
तस्बिरको क्याप्शन, यूकेको नोर्विचस्थित 'न्याशनल ट्रस्ट टेक्सटायल कन्जरभेशन स्टुडियो'मा एक पुरानो पुतली मर्मत गरिँदै। मर्मतपछि यसलाई यूकेमा अठारौँ शताब्दीका पुतली संरक्षण गरेर राखिएको सङ्ग्रहालयमध्ये एक वेस्ट ससेक्सस्थित अपार्क हाउसमा केही समयपछि हस्तान्तरण गरिनेछ।
Transparent line
वाशिङटनस्थित कृषि मन्त्रालयले बर्च बे स्टेट पार्कमा आयोजना गरेको एउटा प्रशिक्षण कार्यक्रम। त्यहाँ आक्रामक एशियाली हर्नेट (एक प्रकारको अरिङ्गाल) जसलाई 'मर्डर हर्नेट पनि भनिन्छ त्यसले अमेरिकी माहुरी र अरिङ्गाललाई आक्रमण गरेर खतरा पुर्‍याएको बारे प्रशिक्षण दिइएको थियो।
तस्बिरको क्याप्शन, वाशिङटनस्थित कृषि मन्त्रालयले बर्च बे स्टेट पार्कमा आयोजना गरेको एउटा प्रशिक्षण कार्यक्रम। त्यहाँ आक्रामक एशियाली हर्नेट (एक प्रकारको अरिङ्गाल) जसलाई 'मर्डर हर्नेट पनि भनिन्छ त्यसले अमेरिकी माहुरी र अरिङ्गाललाई आक्रमण गरेर खतरा पुर्‍याएको बारे प्रशिक्षण दिइएको थियो।
Transparent line
धन गुरुङ, ब्रिटिश गोर्खा सैनिकले उनीहरूका ब्रिटिश समकक्षी सरह पेन्सन पाउनुपर्छ भनेर आयोजना गरिएको भोक हडतालमा बसेकामध्ये एक हुन्। उनलाई बुधवार अस्पताल लगिए पनि पछि डिस्चार्ज गरिएको थियो। विरोधकर्ताहरूले १३ दिन आमरण अनशन बसेपछि सरकारले वार्ता गर्ने भनेपछि गत बिहीवार अनशन तोडेका थिए।
तस्बिरको क्याप्शन, धनबहादुर गुरुङ, ब्रिटिश गोर्खा सैनिकले उनीहरूका ब्रिटिश समकक्षी सरह पेन्सन पाउनुपर्छ भनेर आयोजना गरिएको भोक हडतालमा बसेकामध्ये एक हुन्। उनलाई बुधवार अस्पताल लगिए पनि पछि डिस्चार्ज गरिएको थियो। विरोधकर्ताहरूले १३ दिन आमरण अनशन बसेपछि सरकारले वार्ता गर्ने भनेपछि गत बिहीवार अनशन तोडेका थिए।
Transparent line
वोलोङ न्याशनल नेचर रिजर्भ, सिचुवान चीनमा जायन्ट पान्डा सु शान ले जन्माएको बच्चा।
तस्बिरको क्याप्शन, वोलोङ न्याशनल नेचर रिजर्भ, सिचुवान चीनमा जाएन्ट पान्डा सु शानले जन्माएको बच्चा।
Transparent line
न्यू योर्क सिटीमा लोअर म्यानहटन र वान वर्ल्ड ट्रेड सेन्टर पछाडिबाट २० अगस्टका दिन उदाउँदै गरेको सूर्य
तस्बिरको क्याप्शन, न्यू योर्क सिटीमा लोअर म्यानहटन र वान वर्ल्ड ट्रेड सेन्टर पछाडिबाट २० अगस्टका दिन उदाउँदै गरेको सूर्य

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।