गयो 'रसिलो चाड तिहार': केही तस्बिरहरू

Published

काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबर्धन पूजा हुँदै भाइटीका गरेर २०७८ सालको तिहार सम्पन्न भएको छ। तिहार सम्बन्धी केही छानिएका तस्बिरहरू:

Transparent line
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिँदै।
तस्बिरको क्याप्शन, राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार राष्ट्रपति निवास, शितल निवासमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिइन्। घर घरमा यसैगरी दिदीबहिनीले दाजुभाइलाई टिका लगाइदिए।
Transparent line
रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा शनिवार भाइ टीका लगाउँदै सर्वसाधारण।
तस्बिरको क्याप्शन, रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा शनिवार भाइटीका लगाउँदै सर्वसाधारण। वर्षमा एक दिन भाइ टीकामा मात्र खुल्ने यो मन्दिरमा दिदीबहिनी नभएकाले यहाँ आएर चिनजान नभएका दिदीबहिनीको हातबाट टीका लगाउने गर्छन्।
Transparent line
तिहारलाई मखमली फूल टिप्दै पाल्पा रामपुर नगरपालिका-६ स्थित तिलकपुर बस्ने ५६ वर्षीया गिरीमाया कुमाल।
तस्बिरको क्याप्शन, तिहारलाई मखमली फूल टिप्दै पाल्पा रामपुर नगरपालिका-६ स्थित तिलकपुर बस्ने ५६ वर्षीया गिरीमाया कुमाल। कहिल्यै नसुक्ने फूल भनेर दाजुभाइलाई तिहारमा मखमली फूलको माला लगाइदिने चलन छ।
Transparent line
लक्ष्मी पूजाका दिन बिहीवार विराटनगरस्थित एक घर अगाडि निर्माण गरिएको रङ्गोली।
तस्बिरको क्याप्शन, लक्ष्मी पूजाका दिन बिहीवार विराटनगरस्थित एक घर अगाडि निर्माण गरिएको रङ्गोली। लक्ष्मी पूजाका दिन घरको दैलो अगाडि विभिन्न प्रकारका रङ्गोलीहरू बनाउने चलन बढ्दै गएको छ। षटकोण, विभिन्न देवी देवताका आकार आउनेगरी तथा स्वस्तिक छाप लगायतको रङ्गोली बनाइन्छ।
Transparent line
तिहारको लक्ष्मी पूजाको अवसरमा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित काली मन्दिर परिसरमा निर्माण गरिएको कलातमक मूर्ति ।
तस्बिरको क्याप्शन, तिहारमा लक्ष्मी पूजाको अवसरमा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित काली मन्दिर परिसरमा निर्माण गरिएको कलात्मक मूर्ति। दशैँ तिहारमा बनाइने यस्ता मूर्ति पछि नदीमा लगेर विसर्जन गरिन्छ।
Transparent line
लक्ष्मी पूजाको दिन बिहीबार कालिमाटी चोकमा सयपत्री फूल बेच्न ग्राहकको प्रतिक्षामा बसेका व्यापारी ।
तस्बिरको क्याप्शन, लक्ष्मी पूजाको दिन बिहीवार कालिमाटी चोकमा सयपत्री फूल बेच्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारी। सयपत्री र मखमली फूलको अहिले नेपालमै व्यवसायिक उत्पादन थालिएको छ। तर भारतबाट पनि ठूलो मात्रामा तिहामार फूल भित्रिने गरेको छ।
Transparent line
आज यामपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार अर्थात् नरक चतुर्दशीमा कुकुरलाई पूजा गर्दै पोखरा- ८ न्युरोडकी व्यवसायी महिला सबी शेरचन ।
तस्बिरको क्याप्शन, तिहारको दोस्रो दिन गत बुधवार कुकुर तिहारमा कुकुरको पूजा गर्दै पोखरा- ८ न्युरोडकी व्यवसायी महिला सबी शेरचन। तिहारको पहिलो दिन काग पूजा गरिन्छ। तेस्रो दिन लक्ष्मी पूजा, चौथोदिन गोबर्धन पूजा र पाँचौँ तथा अन्तिम दिन भाइ पूजा गरिन्छ।
Transparent line
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा देउसी भैलीका रुपमा च्याब्रुङ नाच्दै लिम्बू समुदायका कलाकार।
तस्बिरको क्याप्शन, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा देउसी भैलीका रूपमा च्याब्रुङ नाच्दै लिम्बू समुदायका कलाकार। देशैभर तिहारका अन्तिम तीन दिन देउसी भैलो खेल्ने चलन छ। रमाइलोका लागि र विभिन्न कामका लागि पैसा उठाउन पनि देउस भैलो खेल्ने गरिन्छ।
Transparent line

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।