गुलाफका पत्ती र कागती - यो साताका राम्रा १० तस्बिरहरू

Published

यो साता संसारभर खिचिएका तस्बिरहरूमध्ये छानिएका १० राम्रा तस्बिरहरू यस्ता छन्।

रुस समर्थित विद्रोहीहरूसँगको सीमामा रहेको औद्योगिक क्षेत्रमा भग्नावशेषमा उभिएका एक युक्रेनी सैनिक। बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका सबै अमेरिकीलाई त्यहाँबाट तुरुन्तै अन्यत्र जान सुझाव दिएका थिए भने शनिवार अमेरिकाले रुसले कुनै पनि दिन आक्रमण गर्न सक्ने बताएको छ।
तस्बिरको क्याप्शन, रुस समर्थित विद्रोहीहरूसँगको सीमामा रहेको औद्योगिक क्षेत्रका भग्नावशेषमा उभिएका एक युक्रेनी सैनिक। बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका सबै अमेरिकीलाई त्यहाँबाट तुरुन्तै अन्यत्र जान सुझाव दिएका थिए भने शनिवार अमेरिकाले रुसले कुनै पनि दिन आक्रमण गर्न सक्ने बताएको छ।
Transparent line
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ता। दुई राष्ट्रपतिले युक्रेन र नेटोको विषयमा सहमतिको विन्दु खोज्ने प्रयत्न गरेका थिए। आफ्नो डीएनए रुसले प्राप्त गर्ने डरले म्याक्रोँले रुसमा कोभिड परीक्षण गर्न अस्वीकार गरेपछि यो भेटवार्ता सामाजिक दूरीसहित भएको थियो।
तस्बिरको क्याप्शन, फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ता। दुई राष्ट्रपतिले युक्रेन र नेटोको विषयमा सहमतिको विन्दु खोज्ने प्रयत्न गरेका थिए। आफ्नो डीएनए रुसले प्राप्त गर्ने डरले म्याक्रोँले रुसमा कोभिड परीक्षण गर्न अस्वीकार गरेपछि यो भेटवार्ता सामाजिक दूरीसहित भएको थियो।
Transparent line
क्यानडाको अन्टारियोमा भएको विरोध प्रदर्शनीमा दुई प्रदर्शनकारीहरू। ट्रक चालकहरूले कोभिड प्रतिबन्धको विरोधमा प्रदर्शन गरेर अमेरिकाबाट क्यानडा आउजाउ गर्ने सडक ठप्प पारेका छन्।
तस्बिरको क्याप्शन, क्यानडामा भएको विरोध प्रदर्शनीमा दुई प्रदर्शनकारीहरू। ट्रक चालकहरूले कोभिड प्रतिबन्धको विरोधमा प्रदर्शन गरेर अमेरिकाबाट क्यानडा आउजाउ गर्ने सडक ठप्प पारेका छन्।
Transparent line
क्याटोलेनियामा रहेको सान साल्भाडोर डे ला भेडेला मोनास्ट्री। सामान्यतया डुङ्गाबाट मात्रै पुग्न सकिने मोनास्ट्रीमा पानीको सतह कम भएका कारण अहिले हिँडेर पुग्न सकिने भएको छ।
तस्बिरको क्याप्शन, क्याटोलेनियामा रहेको सान साल्भाडोर डे ला भेडेला मोनास्ट्री। सामान्यतया डुङ्गाबाट मात्रै पुग्न सकिने मोनास्ट्रीमा पानीको सतह कम भएका कारण अहिले हिँडेर पुग्न सकिने भएको छ।
Transparent line
जर्मनीको ७२औँ बर्लिन फिल्म फेस्टिवलमा एक कलाकारको आगमन।
तस्बिरको क्याप्शन, जर्मनीको ७२औँ बर्लिन फिल्म फेस्टिवलमा एक कलाकारको आगमन।
Transparent line
भारतको प्रयागराजमा माघ मेलामा एक साधुमाथि गुलाफको पत्ती।
तस्बिरको क्याप्शन, भारतको प्रयागराजमा माघ मेलामा एक साधुमाथि गुलाफको पत्ती।
Transparent line
फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो राष्ट्रपतीय निर्वाचनका लागि गरिएको प्रचारमा आफ्ना समर्थकहरूलाई अभिवादन गर्दै। मानव अधिकारकर्मी वकिल रोब्रेडोले पारिवारिक मूल्यमान्यता र कानुनी राजको नारा एवम् गुलाबी रङ्गको प्रयोग गर्ने गरेकी छन्।
तस्बिरको क्याप्शन, फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो राष्ट्रपतीय निर्वाचनका लागि गरिएको प्रचारमा आफ्ना समर्थकहरूलाई अभिवादन गर्दै। मानव अधिकारकर्मी वकिल रोब्रेडोले पारिवारिक मूल्यमान्यता र कानुनी राजको नारा एवम् गुलाबी रङ्गको प्रयोग गर्ने गरेकी छन्।
Transparent line
क्यूबाको ठूलो हावा चलिरहेको बेला हिँडिरहेको एउटा पुरानो मोडलको गाडी।
तस्बिरको क्याप्शन, क्यूबामा ठूलो हावा चलिरहेको बेला हिँडिरहेको एउटा पुरानो मोडलको गाडी।
Transparent line
फ्रान्समा ८८औँ लेमन फेस्टिवलमा बेइजिङ ओपेरा नाम दिइएको कागती र सुन्तलाबाट बनाइएको मूर्तिसँगै एक कामदार।
तस्बिरको क्याप्शन, फ्रान्समा ८८औँ लेमन फेस्टिवलमा बेइजिङ ओपेरा नाम दिइएको कागती र सुन्तलाबाट बनाइएको मूर्तिसँगै एक कामदार।
Transparent line
आबुधावीको सूर्यास्तमा घोडा चढिरहेका मानिसहरू।
तस्बिरको क्याप्शन, आबुधावीको सूर्यास्तमा घोडा चढिरहेका मानिसहरू।
Transparent line

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएको छ।