आँधीका कारण माथितिर उडेजस्तो देखिएको झरना
आँधीका कारण माथितिर उडेजस्तो देखिएको झरना
Published
यूकेको स्कटिश हाईल्यान्ड्समा रहेको यो झरना हालैको एक आँधीका कारण माथितिर उडेजस्तो देखिएको भिडिओ सार्वजनिक भएको छ।
'बूलो' नामक आँधीका कारण यूकेमा कम्तीमा दुई जनाको ज्यान गएको छ।
साथै विभिन्न क्षेत्रमा बाढी अनि यातायात तथा विद्युत् प्रवाहमा अवरोधलगायतका समस्या आएका छन्।
स्कटल्यान्ड, नोर्दर्न आयरल्यान्ड र नोर्दर्न इङ्ग्यान्डमा यस मौसमी अवस्थाबारे चेतावनीसहितको जानकारी दिइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



