युवालाई प्रश्न : दशैँमा मन पर्ने र नपर्ने पक्ष के हुन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, “दशैँमा घरको काम धेरै गर्नुपर्छ"
युवालाई प्रश्न : दशैँमा मन पर्ने र नपर्ने पक्ष के हुन्
Published

सबैभन्दा ठूलो चाड दशैँमा घरमा विशेष पूजा गर्नेदेखि मन्दिर जानेसम्म तथा घर घरमा विशेष परिकार बनाउनेसम्म कामको चटारो हुन्छ।

घर घरमा आफूभन्दा ठूलासँग टीका लगाउने र आशिर्वाद थाप्ने काम पनि उत्तिकै महत्त्वका साथ गरिन्छ।

घुमफिर र रमाइलो गर्ने पनि दशैँसँग जोडिएकै पक्ष हो।

दशैँका विविध पक्षमध्ये युवाहरूलाई दशैँको एकदम मन पर्ने र नपर्ने पक्ष के रहेछ भनेर हामीले केही युवाहरूलाई सोधेका थियौँ।

धेरैलाई दशैँमा हुने जमघट साह्रै रमाइलो लाग्ने रहेछ भने हामीले कुराकानी गरेका युवतीले टिका थाप्न जाँदा आफन्तहरूले बिहेको कुरा धेरै गरेको मन नपर्ने बताए।

उनीहरूलाई मन पर्ने र मन नपर्ने अन्य केके कुरा छन्?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।