मङ्गल ग्रहको चन्द्रमाको टुक्रा लिन एउटा मिसन मङ्गलतर्फ रवाना

तस्बिर स्रोत, JAXA
- Author, रेबेका मोरेल
- Author, एलिसन फ्रान्सिस
- Author, केभिन चर्च
- Role, बीबीसी न्यूज साइन्स
- Published
- पढ्ने समय: ५ मिनेट
सोमवार प्रक्षेपण भएको एउटा अन्तरिक्ष मिसनले मङ्गलको चन्द्रमा अर्थात् फोबोसको एउटा टुक्रा लिएर पृथ्वीमा फर्किने प्रयास गर्ने लक्ष्य राखेको छ।
यदि यो सफल भएमा मङ्गलबाट वा उसको चन्द्रमाबाट ल्याइएको नमुना पहिलो हुने छ जसलाई पृथ्वीका प्रयोगशालामा विश्लेषण गरिने छ।
अन्तरिक्षयान जापानबाट पठाइएको छ र त्यो फोबोसमा सन् २०२७ को अगस्टमा पृथ्वीमा फर्किने छ।
जापानको अन्तरिक्ष निकायले नेतृत्व गरेको मार्स मुन एक्स्प्लोरेशन (एमएमएक्स) मिसनले मङ्गलको चन्द्रमा कसरी बन्छ भन्ने रहस्यको समाधान खोज्ने आशा राखिएको छ।
न्याचुरल हिस्ट्री म्युजियमका प्राध्यापक तथा एमएमएक्स मिसनकी नमुना विश्लेषणका लागि सहायक सारा रसेलले भनिन्: "अहिलेसम्म फोबोस गएको सफल मिसन भएर पृथ्वीमा ल्याउन सकिएको छैन।"
"मलाई लाग्छ यो एउटा अभूतपूर्व लक्ष्य भएको र रमाइलो मिसन हो," उनले भनिन्।
सौर्य मण्डलको भित्री भागमा जम्मा तीन वटा चन्द्रमाहरू छन्: हाम्रो आफ्नै चन्द्रमा, र मङ्गल वरपर अरू दुई वटा चन्द्रमा छन् जसलाई फोबोस र डेमस भनिन्छ।
यी दुवै साना हुन् - फोबोस करिब २० किलोमिटर (१२ माइल) जतिको र डेमस करिब १० किलोमिटरको छ। तिनीहरूको आकार पनि असमान हुन्छ, अलिअलि आलुको आकारको।
एमएमएक्स अन्तरिक्षयानले मङ्गलको नजिक पुग्दा डेमसको अध्ययन गर्छ र त्यसपछि फोबोसमा केन्द्रित हुन्छ।
यसले एउटा सानो रोभर त्यहाँको मैदानमा पठाउँछ तर त्यो त्यति सहज हुने छैन।
सारा रसेलले अहिलेसम्म कसैले पनि त्यति सानो चन्द्रमामा रोभर अवतरण नगरेको बताइन्।
"चन्द्रमा आफ्नै गुरुत्वाकर्षण त्यति धेरै छैन," उनले व्याख्या गरिन्।
"तर त्यो एउटा व्यापक ठूलो ग्रहभन्दा पल्लो हो र त्यसो असाध्यै धेरै गुरुत्वाकर्ण हुन्छ। त्यसले रोभरलाई मैदानमा उत्रिन निकै कठिन बनाउँछ।"

तस्बिर स्रोत, NASA
रोभरले अवतरण गर्ने ठाउँको अनुसन्धान गर्छ ताकि एमएमएक्स अन्तरिक्षयान पछि फोबोसमा अवतरण गर्न सक्छ।
सतहमा पुगेपछि उसले रोबोटको हात परिचालन गरेर चन्द्रमाको धुलो झिक्छ।
उक्त सामग्री एउटा सानो क्याप्सुलमा प्याक हुन्छ जुन सन् २०३१ मा पृथ्वीमा फर्किने छ र साउथ अस्ट्रेलियाको वुमरा मरुभूमिमा अवतरण गर्ने छ।
पृथ्वीमा ल्याइने सामग्रीको मात्रा जम्मा १० ग्राम हो।
"यो एकदमै थोरै हो खासमा," लेस्टर युनिभर्सिटीकी डाक्टर क्रिशा अब्थेलिलूले भनिन्। उनी जापानी मिसनमा पनि संलग्न छिन्।
"यद्यपि हामीले त्यो धुलोको एक एक कणमा पनि थुप्रै अध्ययनहरू गर्न सक्छौँ… विज्ञान अध्ययन गर्न किलोका किलो चाहिँदैन। त्यसैले प्रत्येक ग्रामको महत्त्व छ," उनले भनिन्।

तस्बिर स्रोत, JAXA
वैज्ञानिकहरू नमुना अध्ययन गरेर मङ्गलको चन्द्रमा कहाँबाट आयो भन्ने कुरामा केही थाहा हुने ठान्छन्।
यहाँ दुई प्रतिस्पर्धी उपायहरू छन्।
या त मङ्गल ग्रहको प्रारम्भिक इतिहासमा अन्तरिक्ष चट्टान मङ्गलमा ठोक्किएको थियो र फोबोस र डेमस त्यसका अवशेषहरूबाट बनेका थिए।
वा यी दुई उपग्रह बाहिरी सौर्य मण्डलबाट आइपुगेका ई क्षुद्र ग्रह हुन् जसलाई मङ्गल ग्रहको गुरुत्वाकर्षणले आफ्नो कब्जामा लिएको थियो।
"जब हामीले नमुना पृथ्वीमा ल्याउन सक्छौँ तब हामी यसको रासायनिक संरचना र खनिज संरचनालाई विस्तृत रूपमा अध्ययन गर्न सक्ने छौँ। यी दुई परिकल्पनाले एकदमै फरक नतिजा दिनेछन्," सारा रसेलले भनिन्।
"यो तत्कालै र पक्कै पनि.. कुनै नाटकीय असर वा क्षुद्र ग्रह हो भन्ने थाहा हुने छ। त्यसैले हामीले त्यो साँच्चै छट्टै पत्ता लगाउने छौँ।"
टोली थप अरू केही पनि प्रयोगशालामा थाहा हुने आशामा छन्।
"एउटा असाध्यै उत्साही बनाउने कुरा भनेको फोबोस मङ्गल ग्रहको सतहको निकै नजिक छ र जब मङ्गलको सतहमा कुनै वस्तु ठोक्किन्छ त्यसबाट उछिट्टिएका साना कणहरू फोबोसमा समेत अड्किन वा मिसिन सक्छन्," रसेलले भनिन्।
"त्यसको अर्थ जब हामीले नमुना यहाँ पाउँछौँ त्यसमा मङ्गलका कण पनि हुने छन्। त्यसैले त्यसले हामीलाई मङ्गलको इतिहास र संरचनाबारे महत्त्वपूर्ण प्रत्यक्ष जानकारी दिने छ।"

तस्बिर स्रोत, Kevin Church/BBC News
मङ्गल ग्रहबाट कुनै सामग्री पृथ्वीमा ल्याउने कुरा अन्तरिक्ष वैज्ञानिकहरूको लामो समयदेखिको उद्देश्य हो।
सन् २०२१ यता मङ्गल ग्रहको अन्वेषण गरिरहेको नासा पर्सिभरेन्स रोभरले मङ्गल ग्रहबाट चनाखो भएर सामग्री सङ्कलन गरेर डिब्बामा राखिरहेको छ।
तर मार्स स्याम्पल रिटर्न भनिने नासाको दोस्रो मिसन जसले त्यस्ता डिब्बाहरू फिर्ता गर्नुपर्थ्यो त्यसलाई रद्द गरिएको छ र पछि त्यसका लागि अमेरिकी संसद्ले पैसा रोकिदियो।
चीनले मङ्गल ग्रहमा आफ्नै मिसन पठाउने योजना गरिरहेको छ र उसले सन् २०२८ मा प्रक्षेपण गर्दै छ। यसले पनि मङ्गल ग्रहको सामग्री सन् २०३१ मा पृथ्वीमा फर्काउने प्रयास गर्ने छ।
मङ्गल ग्रहका केही टुक्राहरू पहिला नै पृथ्वीमा उल्का पिण्डका रूपमा उपलब्ध छन्। यिनलाई मङ्गल ग्रहका उल्का पिण्ड भनिन्छ।
यी मङ्गल ग्रहका सतहबाट क्षुद्र ग्रहहरू ठोक्किँदा उछिट्टिएर बाहिर निस्किएका टुक्राहरू हुन् जुन अन्तरिक्षमा फ्याँकिँदै पृथ्वीतर्फ आइपुगेका थिए।
मङ्गल ग्रहका उल्का पिण्डहरू अत्यन्तै दुर्लभ हुन्छन्। तर हाम्रो ग्रहमा खस्ने अन्य सबै अन्तरिक्ष चट्टानहरूजस्तै पृथ्वीमा आइपुग्ने बित्तिकै हावा, धुलो, बालुवा र पानीसँग मिसिएर यी पनि दूषित हुन्छन्।
वैज्ञानिकहरू मङ्गल ग्रह र यसका उपग्रहहरूबाट सिधै सङ्कलन गरिएको नमुना आफ्नै हातले समात्न र अध्ययन गर्न निकै उत्सुक छन् किनभने त्यस्तो नमुना पूर्ण रूपमा मौलिक र बाह्य प्रदूषणबाट मुक्त हुने छ।
एमएमएक्स मिसन अक्टोबर २० तारिखको स्थानीय समय अनुसार बिहान चार बजेर ४१ मिनेट (बीएसटी अक्टोबर १९ तारिखमा बेलुका ८ बजेर ४१ मिनेट)मा तनेगशिम अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गर्ने तालिका रहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















