निशान छापमा नयाँ नक्सा राख्ने विधेयक राष्ट्रिय सभामा पेश, छलफलमा 'सबैको समर्थन'

राष्ट्रिय सभा
Published
पढ्ने समय: २ मिनेट

नेपालको निशान छापमा नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको भोलिपल्ट संविधान संशोधनसम्बन्धी उक्त विधेयक आइतवार माथिल्लो सदन राष्ट्रियसभामा पेश भएको छ।

शनिवार प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको सूचनासहित आइतवार पेश भएको हो।

"आज राष्ट्रिय सभामा विधेयक पेश भएर छलफल पनि भयो। सबै दलका सांसदहरूले विधेयकको समर्थनमा बोल्नुभएको छ," नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा सांसद रहेका राधेश्याम अधिकारीले बीबीसीसँग भने।

शनिवार प्रतिनिधिसभामा उपस्थित २५८ सांसद मध्ये सबैले विधेयकको पक्षमा मत दिएका थिए भने विपक्षमा कुनै मत खसेको थिएन।

उक्त विधेयकमाथि आइतवार नै सैद्धान्तिक छलफल सम्पन्न भएर संशोधनका लागि ७२ घण्टाको समय दिइएको पनि सांसद अधिकारीले बताए।

७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले पनि उक्त विधेयकमा मत दिनुपर्नेछ।

नयाँ नक्सा अध्यावधिकसम्बन्धी संविधान संशोधन विधेयक पारित गर्न प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि दुई तिहाइ बहुमत आवश्यक पर्छ।

राष्ट्रिय सभामा सत्तारुढ नेकपाको मात्रै दुई तिहाइ बहुमत रहेकोले प्रतिनिधि सभामा जस्तै राष्ट्रियबाट पनि विधेयक पारित हुने ठानिएको छ।

त्यसपछि संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्छ।

त्यसपछिमात्रै संविधानको अनुसूची तीनमा रहेको निशान छाप फेरिनेछ।

सामाजिक सञ्जालमा कसले के भने?

प्रतिनिधि सभाबाट नेपालको नयाँ नक्सा अङ्कित निशान छापसम्बन्धी संविधान संशोधन विधेयक पारित भएपछि अब नेपालले भारतसँग वार्ता गर्नुपर्ने भन्दै पूर्व परराष्ट्रमन्त्रीलगायत विभिन्न दलका नेताहरूले सामाजिक सञ्जालमा बताएका छन्।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, "नेपालको नक्सा अङ्कित निशान छापसम्बन्धी संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित हुनु महत्त्वपूर्ण उपलब्धि हो प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रतिनिधि सभाका सांसदहरूलाई बधाई। भारतसँग सार्थक वार्ता अघि बढाइ अतिक्रमित नेपाली भूमि फिर्ता लिने जिम्मेवारी अब सरकारको काँधमा छ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

त्यस्तै, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पनि विधेयक पारित भएपछि ट्वीट गरेका थिए।

उनले राजनीतिले कूटनीतिलाई ओझेल पार्न नहुने भन्दै भौगोलिक अखण्डता पुर्नस्थापित गर्ने प्रयास नयाँ चरणामा प्रवेश गरेको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि 'प्रतिनिधि सभाको दुईवटा सन्देश' भन्दै ट्वीट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधान संशोधन विधेयक पारित गर्न नेताहरू एक ढिक्का भएकोमा प्रशंसा गर्दै अब कूटनीतिमार्फत् भूमि फिर्ता ल्याएको हेर्न पाइयोस् भन्ने लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

सत्तारुढ दलकै नेतृ रामकुमारी झाँक्रीले शनिवारको दिन राष्ट्रिय एकता कायम भएको दिन भनेर ट्वीट गरेकी छन्।

उनले लेखेकी छन्, "आजअभूतपूर्व राष्ट्रिय एकता कायम भएको दिन हो।ईतिहाँसमा यस्तो कहिल्यै थिएन र हामी ठगिएका थियौ।अब त्यस्तो हुनेछैन।कसैको पनि देशभक्ति र राष्ट्रियताको सन्दर्भमा संका रहेन हामी एक ठाउँमा छौं,नेपाली जनता,नेपालका सबै राजनितीक दलहरू। सबैमा हार्दिक बधाई! बर्तमान सरकारलाई हार्दिक धन्यवाद।"

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5