तस्बिरमा यो साता: उत्कृष्ट समाचार तस्बिरहरू

Published

यो साता विश्वभरि खिचिएकामध्ये शक्तिशाली समाचार तस्बिरहरू हेर्नुहोस्।

म्यराडोनाको भित्तेचित्रअगाडि रुदै गरेकी एक महिला
तस्बिरको क्याप्शन, निधनको खबर सुनेपछि आर्जेन्टिनाको ब्यूनस एरिजमा दिवंगत फूटबल स्टार डिएगो म्यराडोनाको भित्तेचित्रअगाडि रुदै गरेकी एक महिला। म्याराडोनालाई सर्वकालीन महान्‌ फुटबल खेलाडीमध्ये एकको रूपमा विश्वले चिन्छ।
इथियोपियाको हुमेरामा आक्रमणले क्षति पुगेको कोठामा उभिएकी एक महिला
तस्बिरको क्याप्शन, इथियोपियाको हुमेरामा आक्रमणले क्षति पुगेको कोठामा उभिएकी एक महिला। टिग्रे क्षेत्रमा नेताहरूप्रति वफादार फौज र राष्ट्रिय सेनाबीच भएको लडाइँमा सयौँ मानिस मारिएका छन् भने हजारौँ विस्थापित भएका छन्।
भर्जिनिया अमेरिका
तस्बिरको क्याप्शन, अमेरिकाको भर्जिनियास्थित ब्ल्याक फ्राइडेको अवसरमा किनमेलका लागि एउटा कम्प्युटर गेम स्टोरअगाडि कुर्दै गरेका क्रेताहरू।
प्यारिसमा प्रदर्शनकारीमाथि फोहोरा हान्दै गरेका प्रहरी।
तस्बिरको क्याप्शन, प्यारिसमा प्रदर्शनकारीमाथि फोहोरा हान्दै गरेका प्रहरी। काममा रहेका प्रहरीको भिडिओ खिच्न नमिल्ने लगायत प्रावधान सहितका एउटा विवादास्पद सुरक्षा विधेयकको विरोध हुँदै आएको छ।
ह्वाइट हाउसमा थ्याङ्क्स गिभिङ्गका अवसरमा आयोजित कार्यक्रममा सहभागी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया।
तस्बिरको क्याप्शन, ह्वाइट हाउसमा 'थ्याङ्क्स गिभिङ्ग' चाडका अवसरमा आयोजित कार्यक्रममा सहभागी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया।
गत मङ्गलवार चीनले प्रक्षेपण गरेको मानवरहित चाङ'ए-५ यानलाई हेर्दै चिनियाँ नागरिकहरू।
तस्बिरको क्याप्शन, गत मङ्गलवार चीनले प्रक्षेपण गरेको मानवरहित चाङ'ए-५ यानलाई हेर्दै चिनियाँ नागरिकहरू। उक्त यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ।
कलाकार बू पेटर्सनले कलात्मक फेस शिल्ड देखाउँदै।
तस्बिरको क्याप्शन, कलाकार बू पेटर्सनले कलात्मक फेस शिल्ड देखाउँदै। प्यारिस फेशन हाउसका कर्मचारीहरूले मेडिकल पीपीई लगाएको देखेपछि उनले कलात्मक फेस शिल्ड बनाएकी हुन्।
नेपालको राजधानी काठमाण्डूमा दूरी काम गर्दै मास्क लगाएर कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीहरू।
तस्बिरको क्याप्शन, नेपालको राजधानी काठमाण्डूमा दूरी काम गर्दै मास्क लगाएर कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीहरू।
ब्रिस्टल यूकेमा आराम गरिरहेको हरिण र उसको छालाको रौँ कोट्ट्याइरहेको एक चरो
तस्बिरको क्याप्शन, ब्रिस्टल यूकेमा आराम गरिरहेको हरिण र उसको छालाको रौँ कोट्ट्याइरहेको एक चरो
यूकेको स्टाफोर्डशायर क्रिस्मस ट्री बोकेका एक व्यक्ति।
तस्बिरको क्याप्शन, यूकेको स्टाफोर्डशायरमा क्रिस्मस ट्री बोकेका एक व्यक्ति। परिवारसँग क्रिस्मस मनाउनका लागि भन्दै पाँच दिनका लागि यूकेमा प्रतिबन्धात्मक कदमहरू खुकुलो पारिँदैछ।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सुरक्षित।