माक्रोँले स्लोभाक राष्ट्रपतिलाई स्वागत गर्दै गर्दा दुई फ्रान्सेली गार्ड बेहोस भएर ढले
फ्रान्सको भ्रमणमा आएका स्लोभाक राष्ट्रपति पेटेर पेलेग्रिनीलाई प्यारिसस्थित राष्ट्रपति कार्यालयमा स्वागत गर्न खटेको सम्मान गारद टोलीका दुई सदस्यहरू बेहोस भएर ढलेका छन्।
टेलिभिजनमा प्रसारित एउटा दृश्यमा एक गार्ड ढलेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँ र राष्ट्रपतिको कार्यालयका कर्मचारीहरूले उनलाई सहायता गर्न गएको देखिन्छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अर्का गार्ड पनि लगभग त्यही बेला बेहोस भएका थिए। तर त्यो दृश्य क्यामरामा परेको थिएन।
राष्ट्रपतिको कार्यालयस्थित स्रोतलाई उद्धृत गर्दै एएफपीका एक संवाददाताले दुवै गार्डहरूको "तत्काल उपचार गरिएको" र "सबै कुरा ठिक रहेको" जनाएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



