हराएका किशोरको ६ दिन झाडीमा बिताएपछि परिवारसँग पुनर्मिलन
हराएका किशोरको ६ दिन झाडीमा बिताएपछि परिवारसँग पुनर्मिलन
Published
अस्ट्रेलियाको भिक्टोरियामा विगत छ दिनदेखि हराइरहेका एक किशोर भेटिएका छन्।
एक साथीसँग 'क्याम्पिङ' गएका उनी गत नोभेम्बर ६ देखि सम्पर्कविहीन थिए।
उनी हराएको झाडीमा एकदमै चिसो थियो।
उनको खोजीका लागि गोताखोर, प्रहरीका कुकुर तथा हेलिकप्टर समेत परिचालित थिए।
मेल्बर्नबाट झन्डै १८० किलोमिटर टाढाको ठाउँमा हराएर भेटिएका किशोरको पूरा नाम प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
उनलाई कुनै चोटपटक नलागेको तर अब उनलाई "आजीवन कतै जान नदिइने" परिवारले बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



