भारतमा हाइ-भोल्टेज तारमा अड्किएका रुसी प्याराग्लाइडरको तीन घण्टापछि उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भारतमा हाइ-भोल्टेज तारमा अड्किएका रुसी प्याराग्लाइडरको तीन घण्टापछि उद्धार
Published

भारतको हिमाचल प्रदेशस्थित मण्डीमा प्याराग्लाइडिङ गर्दा हाइ-भोल्टेज पावरलाइनमा एक रुसी पर्यटक अड्किएपछि उनको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।

मङ्गलवार मण्डीको वीर बिलिङबाट उडेका ती प्याराग्ल्याइडर जमिनभन्दा ७६ मिटरमाथि तारमा झन्डै तीन घण्टा अलपत्र परेका थिए।

उद्धारकर्ताहरूले उनलाई सुरक्षित रूपमा तल ओराल्न हाइड्रोलिक क्रेन र अस्थायी ट्रली प्रयोग गरेका थिए। त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।