इन्डोनेशियामा डढेलो निभाउन गएको हेलिकप्टर नदीमा खस्दा एक जनाको मृत्यु
इन्डोनेशियामा डढेलो निभाउने अभियानमा संलग्न एउटा हेलिकप्टर नदीमा खस्दा एकजनाको मृत्यु भएको छ भने अरू दुई जनाको उद्धार गरिएको छ। उद्धार गरिने दुवै जना विदेशी नागरिक हुन्।
इन्डोनेशियाली अधिकारीहरूले उक्त घटनाबारे छानबिन थालिएको भन्दै डढेलो निभाउने प्रयास जारी राखिने जनाएका छन्।
इन्डोनेशियामा केही महिनादेखि डढेलो प्रकोप बनेर फैलिएको छ। एल निन्योका कारण डढेलो अझ उग्र भएको बताइन्छ।
उक्त डढेलोका कारण दक्षिणपूर्वी एशियाका विभिन्न स्थानलाई विषालु तुवाँलो ढाकेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



