भोटेकोशी बाढीमा खोजी तथा उद्धारमा खटिएको कुकुर यस वर्ष बन्यो 'सर्वोत्कृष्ट'
नेपाल प्रहरीले यस वर्ष 'लियो' नामको कुकुरलाई 'सर्वोत्कृष्ट प्रहरी कुकुर' को उपाधि दिएको छ।
नेपाल प्रहरी केनाइन कार्यालयका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी हराइरहेका मानिसहरूको खोजी तथा उद्धार कार्यमा यो कुकुरले महत्त्वपूर्ण भूमिका खेलेको थियो।
आज कुकुरतिहारका दिन पारेर 'लियो'लाई सम्मान दिइएको कार्यालयले जनाएको छ।
हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधिको पहिचान र प्राकृतिक विपद्का घटनामा उद्धार तथा खोजी कार्यमा तालिमप्राप्त कुकुर प्रयोग गरिँदै आएको छ।
हाल नेपाल प्रहरीले देशभरिका १३ स्थानबाट विभिन्न प्रजातिका १०७ वटा कुकुरलाई अपराध अनुसन्धानमा परिचालन गर्दै आएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



