विगतभन्दा तिहार किन र कति महँगो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसपालिको तिहार किन महँगो?
विगतभन्दा तिहार किन र कति महँगो?
Published

तिहार नजिकिएसँगै बजारमा तिहारका लागि आवश्यक सामान किन्नेहरूको घुइँचो देखिन्छ।

लक्ष्मीपूजा गर्न आवश्यक पर्ने भाँडाकुँडा, मिठाइ वा सजावटका सामान हुन् वा भाइटिकामा आवश्यक पर्ने मिठाइ र भाइ मसला सबैको मूल्य गत वर्षभन्दा निकै धेरै बढेको व्यापारीहरू बताउँछन्।

यसरी बजार भाउ धेरै बढ्नुको कारण गत भदौमा आएको भोटेकोसी-त्रिशूलीको बाढीलगायत अमेरिका- इरान युद्ध पनि भएको व्यापारीहरूले बताएका हुन्।

गत वर्षभन्दा कतिपय सामानमा अचाक्ली मूल्य वृद्धि भएको उनीहरूले बताएका हुन्।

"पोहोर ५०० रुपैयाँ पर्ने मूर्ति यो पालि ८५० रुपैयाँ पर्छ," एकजना व्यापारी मनोज बानियाले बताए।

गत वर्षजस्तो आफूले बिक्री गर्ने सामानहरू राम्ररी समयमा बजारसम्म नआई पुगेको अर्की व्यापारी सुवर्ण श्रेष्ठले बताइन्।

हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।