घामबाट खाना पकाउन थालेपछि अफगान सहरका मानिसहरूको खर्च जोगिन थाल्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
घामबाट खाना पकाउन थालेपछि अफगान सहरका मानिसहरूको खर्च जोगिन थाल्यो
Published

दक्षिणपूर्वी अफगान सहर गज्नीका बासिन्दाहरूले घुमाउरो सतहमा ससाना ऐना टाँसेर बनाइएको 'सोलर कुकर' प्रयोग गर्न थालेपछि खाना पकाउन चाहिने ग्यास किन्न गर्नुपर्ने खर्च ह्वात्तै घटेको बताएका छन्।

अफगानिस्तानमा खाना पकाउन र बिजुली वा ग्यासको प्रयोग घटाउन 'सोलर प्यानल' लोकप्रिय हुँदै गएको छ।

पानी उमाल्न वा अरू खानेकुरा पकाउन मानिसहरू सोलर कुकरभन्दा ठिक माथि भाँडा झुन्ड्याउने गर्छन्।

गरिबीका कारण धेरै मानिसलाई तेल वा ग्यास किन्न निकै कठिन हुने भएकाले यो सरल र कम लागतको प्रविधि लोकप्रिय बन्दै गएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।