पोर्चुगलको राष्ट्रिय फुटबल टोलीबाट रोनाल्डोको सन्न्यास
क्रिस्टिआनो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
पोर्चुगलका जनतालाई सम्बोधन गरिएको एक भावपूर्ण भिडिओ सन्देशमा उनले राष्ट्रिय टोली आफ्नो अभिन्न अङ्ग रहने र देशलाई प्रतिनिधित्व गर्न पाउनु आफ्नो सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्।
'सबैभन्दा महान्'मध्येका एक खेलाडीको पहिचान बनाएका रोनाल्डोको हालै पोर्चुगलका प्रशिक्षकसँग सम्बन्ध बिग्रिएको थियो।
उनले आफूले २३ वर्षदेखि लगाइरहेको ७ नम्बरको जर्सी फिर्ता गर्ने समय आएको बताएका छन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



