सूटकेसमा लुकाएर ३,००० भन्दा बढी माकुराको तस्करी

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सूटकेसमा लुकाएर ३,००० भन्दा बढी माकुराको तस्करी
Published

पेरूको लिमास्थित एउटा विमानस्थलमा सूटकेसमा लुकाएर तस्करी गर्न लागिएका ३,००० वटाभन्दा बढी माकुरा फेला परेका छन्।

यी 'टर्‍यान्चुला'लाई मोजामा लुकाएर जर्मनी लग्न लागिएका तीनवटा सूटकेसमा हालिएको थियो।

एक अधिकारीका अनुसार आकार तथा रङ्गका कारण मानिसहरू यी माकुराको सङ्कलन गर्छन्।

यसमा संलग्न तीन विदेशी नागरिकमाथि वन्यजन्तु तस्करीको मुद्दा लाग्न सक्ने बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।