रङ्गशालाको खानतलासीमा बन्दुकसहितका रोबट कुकुर
हेइटीमा एउटा रङ्गशालाको खानतलासीका लागि बन्दुकसहितका रोबट कुकुरको प्रयोग गरिएको यो दृश्य हेर्नुहोस्।
एल साल्भडोरका राष्ट्रपति नयीब बूकेलेले 'एक्स'मा यो भिडिओ पोस्ट गर्दै त्यहाँ मानव खप्पर भेटिएको दाबी गरेका छन्।
साथै साल्भडोर र हेइटीका फौजले सिल्भिओ क्याटर रङ्गशालालाई नियन्त्रणमा लिएको उनको भनाइ छ। उक्त रङ्गशाला विगत दुई वर्षयता एउटा गिरोहको नियन्त्रणमा थियो।
हिंसा नियन्त्रणका लागि भन्दै एल साल्भडोरले विगत केही वर्षयता हेइटीमा पनि आफ्ना फौज खटाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



