पोखरीका डिल र नदी किनारमा फोहोर बढ्दै जाँदा छठ पर्व मनाउनेहरूका लागि सकस
श्रद्धा, भक्ति र तराई भेगको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्व विधिवत् सुरु भएको छ। यस पर्वको मुख्य दिन षष्ठी तिथि आइतवार परेको छ भने सरकारले सोमवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
श्रद्धालुहरूले पोखरीका डिल र नदी किनार सरसफाइ गरी पूजास्थल बनाएका छन्।
तर कलकारखानाको प्रदूषण र मानवीय गतिविधिका कारण नदी र पोखरीहरू दुर्गन्धित बन्दा श्रद्धालुहरूलाई समस्या हुँदै आएको छ।
छठका बेला नदी तथा पोखरीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिनुपर्ने भएकाले फोहोर र दुर्गन्धित पानीमै पूजा गर्नुपर्ने बाध्यता रहेको वीरगन्जका स्थानीय बासिन्दाहरू बताउँछन्।
स्थानीय बासिन्दाहरूका अनुसार हरेक वर्ष छठ पर्व नजिकिएपछि मात्रै घाट सफा गर्ने गरिने भएकाले नदी र पोखरीहरू स्वच्छ राख्न पर्याप्त काम भएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





