तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मकवानपुरको भीमफेदीमा हायस दुर्घटना, १० जनाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाण्डू सडकखण्डमा बिहीवार बिहान एउटा यात्रुवाहक हायस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाण्डूबाट सर्लाहीतर्फ गइरहेको विद्युतीय हायस बिहान पौने ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन्।
"दुर्घटनामा परी ज्यान गुमाउनेमा तीन महिला, दुई बालबालिका र पाँच पुरुष छन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।
दुर्घटनामा परी घाइते भएका यात्रुमध्ये तीन जनाको उद्धार गरी अस्पताल पुर्याइएको र उनीहरूको हेटौँडा अस्पालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उपचार भइरहेका यात्रुमा दुई बालक र एक पुरुष रहेका छन्।
उनीहरूमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम रहेको प्रहरीले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।